बोर्डमा केसी नियुक्त, दर्पणले के अदालतमा मुद्दा हाल्लान् ?
चलचित्र विकास बोर्डमा उत्तम केसीलाई नियुक्त गरिएको छ । एमाले निकट केसीलाई सूचना तथा संचारमन्त्री शेरधन राइले बोर्डमा नियुक्त गरेका हुन् । बोर्डका सदस्य सुरेश दर्पण पोख्रेल विना सम्पर्क १८ वटा वैठकमा अनुपस्थित भएपछि राइले केसीलाई बोर्डमा लगेका हुन् । बोर्डका अध्यक्ष राजकुमार राई लगायतले केसीलाई स्वागत गरेका छन् ।
बोर्ड सदस्य पदमा बहाल रहेका सुरेश दर्पण पोख्रेलले भने संचारमन्त्रीले कानुनको कुनै पर्वाहा नगरि बोर्डमा मनोमानी ढंगले सदस्य नियुक्त गरेको भन्दै आक्रोश पोखेका छन् । उनले आफू अदालतसम्म जान सक्ने चेतावनी पनि दिएका छन् ।
दर्पणले बिहिबार नेपाल फर्कन लागेको जानकारी दिएका छन् । तर, उनले अमेरिका रहादा बोर्डसँग कुनै सम्पर्क नगरेको अध्यक्ष राजकुमार राई बताउँछन् । उनी कुनै पनि पत्र नदिई अमेरिका हानिएका थिए । अमेरिका हानिएपछि बोर्डसँग कुनै सम्पर्क नै नगरेका दर्पण १८ वटा वैठकमा पनि विना जानकारी अनुपस्थित थिए ।
आफ्नै पहलमा लागू गर्न लागिएको इ-टिकेटिङ रोक्नका लागि पनि आफूलाई हटाइएको आशय दर्पणको छ ।
For More videos Log on to Mazzako TV