फिल्म भिड्दा यति धेरै दुश्मनी, भोलीसँगै काम गर्नुपरे के होला ?
हामी भन्छौ, विदेशी फिल्मका कारण हाम्रो बजार खस्किएको छ । विदेशी फिल्मसाग प्रतिस्पर्धा गर्नुपर्दा नेपाली फिल्म चलेनन् भन्नेहरु धेरै छन् ।
कारण, आफू-आफू नै फिल्म जुधाउने अनी एक अर्कालाई मनलाग्दी भन्ने बानी फिल्मर्मीबाट गएन । माघ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘क्लासिक, चलेस बतास सुस्तरी र प्रेमगीत’ नै हेर्ने हो भने स्पष्ट हुन्छ । ‘प्रेमगीत’को एक गीत सार्वजनिक भएपछि फेसबुकले त्यो गीत शेयर गर्न मानेन । यसको सम्पूर्ण दोष ‘क्लासिक’ टिमलाई लगाइयो । ‘क्लासिक’ टिमले फोहोरी खेल खेलेको भन्दै निर्माता खनिए, निर्देशक र अभिनेत्रीको स्टाटस पनि कम थिएन ।
पछि, गीत शेयर भयो कुरा सकियो । ‘चलेस बतास सुस्तरी’का निर्माता प्रदिप भारद्धाज ‘क्लासिक र प्रेमगीत’का निर्माता व्यापारी, आफू सर्जक भएको तर्क गर्दै हिडेका छन् । उनी यी दुई फिल्मले आफ्नो फिल्मको प्रचार गरेको बताउाछन् ।
निर्माताहरु यस्ता भिडन्तमा आफ्ना फिल्मको कुरा कम र अरुलाई आरोप बढी लगाउँछन् । एकसाथ बसेर प्रदर्शन मिति हेरफेर गर्ने बिषयमा कहिल्यै बहस नै हुँदैन । अरुलाई गाली गरेर फिल्म चल्ने होइन, फिल्म चल्न बिषयवस्तु र प्रचार महत्वपूर्ण हुन्छ ।
होइन भने, यही बर्षको दशैंमा प्रदर्शनमा आएका ४ फिल्म मध्ये ‘परदेशी’का निर्माताले ४ करोड कमाउादा अन्य ३ फिल्म किन लगानी उठाउनबाट असफल भए, कारण खोज्न टाढा जानु पर्दैन ।
अभिनेता भूवन केसी र निर्देशक दीनेश डीसीको लडाई पनि अहिले यस्तै छ । भूवन आफ्नो फिल्म हलिउड र बलिउडसाग तुलना गर्दै नेपालीसँग प्रतिस्पर्धा गर्न आफूले नबनाएको बताउँछन् । यता, निर्देशक दीनेश डीसी चलेको छोरा हिरो छ भन्दैमा चलचित्र चल्छ भन्ने भ्रममा नपर्न भन्छन् ।
भूवन र डीसी त अहिले एकअर्काको फिल्मको नाम नै लिन छाडेका छन् । भूवन केसीले ‘ड्रिम्स’ फिल्मको गीत सार्वजनिक गरेको भोलीपल्ट निर्देशक डीसीले आफ्नो फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को ट्रेलर कुनै पनि बेला सार्वजनिक हुनसक्ने भन्दै स्टाटस लेखे । यो पनि भिडन्तका कारण उब्जिएको प्रतिफल थियो ।
बर्षमा ५२ वटा हप्ता छ । नेपाली फिल्म बर्षमा १ सय वटा बन्छन् । यस्तो अवस्थामा हरेक हप्ता एउटा फिल्म रिलिज गर्न सक्ने अवस्था छैन । तर, फिल्म जुध्दा अरुको बारेमा नबोलेपनि नराम्रो भन्दै हिड्न जरुरी किन छ र ?
फिल्म एउटा बनाएर करिअर नै सकिने भन्ने पनि होइन । भोली सोही निर्देशक, निर्माता, कलाकारसँग काम गर्न नपर्ला भन्ने अवस्था पनि त छैन ।
For More videos Log on to Mazzako TV