सोमबार काठमाण्डौमा आयोजना भएको फिल्म आवेगको पत्रकार सम्मेलनमा पुगेका सूचना तथा संचारमन्त्री शेरधन राइले करिब आधा घन्टा लामो मन्तव्य राखे । कार्यक्रममा पुगेकाहरुले हाइ काड्दासम्म पनि मन्त्री बोल्न छाडेनन् ।sherdhan rai

मन्त्रीको हरेक शब्दमा फिल्म उद्योग भन्ने शब्द उल्लेख थियो । तर, मन्त्रीलाई सरकारले अहिलेसम्म यो क्षेत्रलाई उद्योगको मान्यता नदिएको बारे खासै जानकारी रहेनछ क्यारे ।
मन्त्री राइले करिब आधा घन्टा बोल्दा देशका बारेमा, सरकारका बारेमा बोले । जुन फिल्मको कार्यक्रममा खासै अर्थपूर्ण हुँदैन । मन्त्रीलाई त बक्स अफिसको बारेमा पनि खासै जानकारी रहनेछ ।

उनलाई निर्देशक समाजका अध्यक्ष दीनेश डीसीले बक्स अफिसको बारेमा जानकारी दिएपछि मात्र यो बिषय थाहा भएको रहेछ । मन्त्रीको लामो भाषणमा चलचित्र नीति लागू गर्ने, सेलिब्रेटी कार्ड बनाउने र बक्स अफिस लागू गर्ने कुरा मात्र मुख्य रहेको थियो ।

तर, उनले फिल्मीकर्मीलाई यो कुरा लागू हुन्छ भनेर आश्वस्त बनाउन सकेनन् ।
त्यो बाहेक संचारमन्त्रीले फिल्मको कार्यक्रममा देशको कुरा गरे, कुनै विद्यालयको शिक्षकले विद्यार्थीलाई पाठ पढाएको जस्तो गरि पढाए । यति लामो बोलेर पनि मन्त्रीले कुनै गहन कुरा नै गर्न सकेनन् ।

For More videos Log on to Mazzako TV