पाँच तारेमात्र हेर्ने कि गाँउ पनि पुग्ने कलाकार ज्यू ?
कुनै बेला थियो, जतिबेला नेपाली फिल्मका कलाकार जनताका घरसम्म विभिन्न तरिकाले पुग्थे । फिल्मको पर्दामा गाउँका कुना–कुनाका कथा हुन्थे । कलाकार पनि जनताका पीर मर्का वुझ्थे । तर, अहिले समय फेरिएको छ ।
काठमाण्डौमा आयोजना हुने ¥याम्प शो, फेसन शोमा पुग्ने नेपाली फिल्मका कलाकार गाउँले जनताको मनबाट टाढा हुन थालेका छन् । शहरले यी कलाकारलाई मान्दैन, गाउँका जनताले चिन्दैनन् । अनी, निरन्तर फिल्म पनि असफल भैरहेका छन् । जाडोको मौसममा पारदर्शी पहिरन लगाएर कार्यक्रममा पुग्नु, फेसनको दुनियाँमा रम्ने कलाकारले दुर दुरमा रहेका नेपाली गाउँका मर्का वुझ्न छाडेका छन् । जसका कारण वास्तविक फिल्मका दर्शक यी कलाकारबाट टाढा छन् ।
अहिलेका चल्तीका भनिएका प्रियंका कार्की, केकी अधिकारी, नम्रता श्रेष्ठ, आर्यन सिग्देल, जीवन लुइटेल जस्ता अभिनेता र अभिनेत्रीले आफ्ना वास्तविक दर्शक गुमाएका छन् । यसैले पनि होला, ती दर्शकका लागि राजेश हमाल, रेखा थापा, दीपकराज गिरी, सिताराम कट्टेल, दीपाश्री निरौला, कुञ्जना घिमिरे नै प्रिय बनेका छन् ।
नेपाली फिल्मको बजार देशभर फैलिएपनि दर्शकको नजरमा पनि थोरै मात्र कलाकार चिनिने गर्छन् । यसको मुख्य कारण, कलाकारले आफूलाई दर्शकसम्म पु¥याउन नसक्नु नै हो । प्रत्येक दर्शकको घर घरसम्म पुग्न पक्कै मुश्किल पर्छ । तर, ती दर्शकलाई आफ्ना विभिन्न सकारात्मक कामले सहयोग गर्नु कलाकारको दायित्व हो । तर, नेपालमा त्यस्ता कलाकारको अभाव अहिले देखिन छाडेको छ ।
For More videos Log on to Mazzako TV