यौनाङ्ग खाँदाले छोप्ने नायिकाको तर्क, ‘कुन चाही हिरोईनले अश्लिल शब्द बोलेका छैनन् ?'(भिडियो सहित)
मज्जाको अनलाईन, माघ ५ गते मंगलबार, २०७२, काठमाण्डौं ।
यौनाङ्गलाई खादाले छोपेर फोटो सुट गरेकी नायिका शुभेच्छा थापाले अहिले बनेका चलचित्र र नायिकाहरुको बारेमा निकै खरो टिप्पणी गरेकी छिन् । ‘अहिले बनेका कुन चाही चलचित्र छन् होला जसमा अश्लिल शब्द बोलिएका छैनन्, कुन चाहि सिनेमा छ जसमा अश्लिल सिन हालिएको छैनन् ?’, मज्जाको टिभीसँगको एक भेटमा उनले भनिन्, ‘अहिलेका कुन चाही हिरोईनले अश्लिल शब्द बोलेका छैनन्, बेड सिन दिएका छैनन् ? अरुको चर्चा भएन मेरो भयो ।’

नायिका थापा आफुले जे गरेपनि आजकाल स्क्याण्डल हुने गरेको बताउछिन् । पछिल्लो समयमा ‘स्क्याण्डल क्वीन’ भनेर चिनिएकी यि नायिकाले सिनेमा क्षेत्रका सबै नायिकाहरुले आफुले जस्तो फोटो सुट गरेको बताउछिन् । उनले सबै नायिकाहरुले अश्लिल सम्वाद बोल्ने गरेको पनि बताएकी छिन् ।

‘विन्दास ३’ चलचित्र प्रर्दशनको संघारमा खादाले यौनाङ्ग ढाकेर तस्बिर खिचाएकी अभिनेत्री शुभेच्छा थापालाई यसैबीच नेपाल चलचित्र कलाकार सङ्घले कारबाही गरेको छ। सङ्घको कार्यसमितिको बैठकले उनलाई छ महिनासम्म चलचित्रसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको सङ्घका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिएका छन्।
बौद्ध धर्माबलम्बीको पवित्र मानिने खादाको अनुचित प्रयोग पछि सामाजिक सञ्जालहरुमा उनको निकै चर्को विरोध भयो । यता, नायिका थापाले पनि आफुले नजानेर यस्तो भएको भन्दै गल्ती स्वीकार्दै माफी पनि मागेकी छिन् ।
हेरौ, हट नायिका सुभेच्छा थापासँग मज्जाको टिभीले गरेको एक्सक्लुसिभ कुराकानी :-
For More videos Log on to Mazzako TV








