‘चलेस बतास सुस्तरी’, हिट हुदैछन् डाईलग यसरी (भिडियो)
मज्जाको अनलाईन, माघ ४ गते सोमबार, २०७२, काठमाण्डौं ।
माघ २९ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘चलेछ बतास सुस्तरी’का डाईलगहरु क्रमश दर्शकहरुको मुखमा झुन्डिन थालेको छ । चलचित्रको कथा र प्रस्तुती मात्र नभएर आफुले सिनेमाको डाईलगमा पनि निकै मेहनत गरेको चलचित्रका निर्माता तथा लेखक प्रदिप भारद्वाज मज्जाको अनलाईनलाई जानकारी गराउछन् ।

उनका स्वयं भाई प्रमोद भारद्वाज र हट नायिका सुष्मा कार्की मुख्य भुमिकामा रहेको यो सिनेमामा चर्चित सात डाईलगहरु यस्ता छन् ।
1.’माँ कसम बच्पनदेखि नै मलाई हिरो बन्ने ठुलो सौख थियो ।’
2.’जवानी त साला बाजै बजाएर आयो ।’
3.’एकदिन मैले मेरो हिरोईन भेट्टाए, बस के चाहियो र अरु, लब वाला इन्जिन स्टार्ट भयो ।’
4.’फेरि पनि तिमीले मेरो फलो गर्यौ भने हनुमान ढोकामा जाकिदिन्छु ।
5.’कसैलाई सोधेर माया गरेको भए पो, बतास त चलिसक्यो चल्नदेउ ।’
6.’लभमा परेपछि जे हुनु थियो त्यो त भयो ।’
7.’फुट्यो फुट्यो…कस्को मुटु हो यो ?’
आफु सर्जक भएकाले ब्यापारको लागि मात्रै भनेर सिनेमा नबनाएको बताउने निर्माता प्रदिप चलचित्र चलेछ बतास सुस्तरीलाई सामान्य अनि नेचुरल प्रेम कथाको उत्कृष्ट प्रस्तुती भन्छन् ।

चलचित्रमा नायिका सुष्मा कार्कीलाई अलिेसम्मकै सबैभन्दा उत्कृष्ट रुपमा प्रस्तुत गरिएको पनि उनले जानकारी गराए । सबु सुबेदी र अनिला खड्काले संयुक्त रुपमा मिलेर निर्देशन गरेको यो सिनेमा क्रस फिंगर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो।








