विल्सन विक्रम राई ‘चाईनिज साहरुख खान’ ??? (भिडियो सहित)
हाँस्यकलाकार विल्सन विक्रम राई अर्थात ‘तक्मे बुढा’लाई नचिन्ने सायदै होलान । सानो पर्दा देखि ठुलो पर्दा अनि देश विदेशका विभिन्न ‘स्टेज शो’हरुमा विल्सनको क्रेज खुबै छ । झापादेखि कलाकारिताको ठुलो सपना बोकेर काठमाण्डौं छिरेका राईले जीवनमा धेरै संघर्ष गरेका छन् । संर्घषपछिको सफलताको मिठो स्वाद पनि उनले चाखेका छन् । सदैव हाँसिरहने अनि अरुलाई हसाँईरहने मिलनसार स्वभावका राईले मज्जाको टिभीसँगको एक भेटमा निकै खुलेर कुराकानी गरे।

शनिवार राजधानीमा ‘ट्रेन्ड सेटर्स’को ओपनिङ्गमा पुगेका राईले मज्जाको टिभीलाई उनको स्टाईल र फेसनका बारेमा रमाईला कुराहरु सुनाए । ‘सर्टमाथी सेन्डु गन्जी लगाउने चलन हाम्रै तिरबाट सुरु भएको हो नि’, हाँस्दै राईले भने, ‘झापाका सुरुवाती दिनहरुमा मलाई सबैले चाईनिज साहरुख खान भन्थे ।’ उनले साहरुख खानको क्यारिकेचर समेत गरेर देखाए भने ‘माग्ने र तक्मे’को जोक पनि निकै रमाईलो थियो ।
हेरौं, विल्सनसँगको मज्जाको कुराकानी अनि उनको क्यारिकेचर
For More videos Log on to Mazzako TV








