‘फन्को’ प्रिमियरमा जे देखियो (फोटो फिचर)
मज्जाको अनलाईन, पुष २९ गते बुधबार, २०७२, काठमाण्डौं ।
माघ १ गते अर्थात पर्सि शुक्रबारबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र फन्कोको बुधबार साँझ राजधानीमा प्रिमियर गरिएको छ । कमलपोखरी स्थित कुमारी हलमा सिनेमा हेर्न नेपाली सिने जगतका नयाँदेखि पुराना कलाकारहरु, सञ्चारकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । 
सिनेमा हेर्न ठाट्टिएर पुगेका नायिकाहरु माझ प्रियंकाको ड्रेसले निकै तारिफ पायो । 
यता चलचित्रमा सोझी देखिएकी केकी पनि निकै सुन्दर देखिएर प्रिमियरमा आएकी थिईन् । 
नायिकाहरु करिश्मा मानन्धर, दिपाश्री निरौला, रेखा थापा, रिमा विश्वकर्मा, रिचा शर्मा, पुजा शर्मा, अशिष्मा नकर्मी, रेजिना उप्रेतीको आ आफ्नै स्टाईलले साँझको चिसोलाई पनि केही बेर गर्माएको थियो । 
पदम गुरुङको प्रस्तुतीमा नरेन्द्र महर्जन र शहदेव गौतमको लगानी रहेको यो सिनेमामा सौगात मल्ल, दयाहाङ राई, अनुप बराल, प्रियंका कार्की, केकी अधिकारी मुख्य भूमिका रहेको छ । चलचित्रलाई सुर्वण थापाले निर्देशन गरेका हुन् ।
पैसाको पछाडि दौडने यूवायूवतीको कथालाई चलचित्रले भिन्नै शैलीमा प्रस्तुत गर्न खोजेको छ । फन्कोमा चेतन सापकोटाको संगीत रहेको छ । 















