भुवन केसी ‘भर्सेस’ दिनेश डिसी (भिडियो कटाक्ष हेर्नुस्)
मज्जाको अनलाईन, पुष २८ गते मंगलबार, २०७२,काठमाण्डौं ।
सदावहार नायक भुवन केसी अनि मल्टिट्यालेन्ट दिनेश डिसी बीचको प्रतिस्पर्धा निकै कडा हुने देखिन्छ । भुवन र दिनेश दुबैले निर्देशन गरेको चलचित्रहरु एउटै डेट अर्थात फागुन २१ गते हलमा लाग्दैछन् । भुवन निर्देशित पहिलो सिनेमा ‘ड्रिम्स’ र दिनेश डिसीको महत्वकांक्षी प्रोजेक्ट ‘फूलै फूलको मौसम तिमीलाई’ बीचको प्रतिस्पर्धामा कस्ले बाजी मार्ला त्यो भने सिनेमा प्रर्दशनमा आएपछि नै थाहा हुन्छ ।

तर, यि दुई आफ्नो सिनेमाले नै ब्यापार राम्रो गर्नेमा विश्वस्त देखिन्छ । सोमबार चलचित्र ‘ड्रिम्स’को प्रोमो सार्वजनिक कार्यक्रममा भुवनले आफ्नो सिनेमाको प्रतिस्पर्धा नेपाली सिनेमासँग नभएर विदेशी सिनेमासँग मात्रै भएको बताए । ‘फूलै फूलको मौसम तिमीलाई पनि तपाईको फिल्मको रिलिज डेटमै हलमा लाग्दैछ नि ?’ भन्ने प्रश्नमा भुवनले दिनेश डिसीको चलचित्रको नामै लिन मानेनन् ।

उनले भने ‘ड्रिम्सले नेपाली फिल्म जगतलाई नै नयाँ सपना दिन्छ, सो डेटमा लाग्ने नेपाली सिनेमासँग होईन, मेरो सिनेमाले विदेशी सिनेमासँग टक्कर गर्छ ।’ भुवनको भनाईमा अनमोल अहिलेको सुपरस्टार हुन, त्यसैले पनि सिनेमाले राम्रो ब्यापार गर्छ, कुनै चलचित्रसँग डराउनु पर्ने अवस्था नरहेको पनि उनको भनाईको आशय थियो ।

यता, ‘फूलै फूलको मौसम’ निर्देशक दिनेश डिसी पनि आफ्नो चलचित्र कुनै नजरमा पनि कम नभएको बताउछन् । फिल्ममा को कस्को बाउ हो, को कस्को छोरा हो, कस्ले कति बर्ष अघि सिल्भर जुब्ली मनायो भन्ने कुरा हुदैन’, डिसी भन्छन्, ‘फेरी सिनेमाको बजार भनेको कसैको बुवाको बिर्ता होईन, फूलको ज्याकेट लगाएर फिल्म चल्छ र बाबु…भनेर प्रतिस्पर्धीहरुले भन्दै छन् रे, तर म स्वच्छ प्रतिस्पर्धा गर्ने मान्छे हुँ ।’

मज्जाको टिभीसँग डिसीले खुलेरै कुरा गरेका छन् । उनले आफ्नो चलचित्र राम्रो भन्न त भ्याए नै सँगै आफुले सामाजिक उतरदायित्व नभुलेको पनि जानकारी गराए । धादिङ सलाङघाटको त्रिशुली नदीमा झोलुङ्गे पुल निर्माणमा लाग्ने लागतमा आफ्नो फिल्मको तर्फबाट साढे सात लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै डिसीले आफ्नो फिल्मलाई सामाजिक सेवासँग पनि जोडेका छन्। उनले सोमबार डिम्सको प्रोमो सार्वजनिक गरिएसँगै मंगलबार पत्रकारहरुलाई बोलाएर सो कुरा जानकारी गराउदै डकुमेन्टी समेत देखाए ।

हेरौं, भुवन र दिनेश एक अर्काको चलचित्रको बारेमा कस्तो प्रतिक्रिया दिन्छन् ।
दिनेशले मंगलबार सार्वजनिक गरेको डकुमेन्ट्री
For More videos Log on to Mazzako TV








