‘ड्रिम्स’ ट्रेलर यस्तो, भुवन भन्छन् ‘मेरो सिनेमाले विदेशी सिनेमालाई टक्कर दिन्छ’
मज्जाको अनलाईन, पुष २७ गते, सोमबार, २०७२, काठमाण्डौं ।

सदावहार अभिनेता भुवन केसी निर्देशित तथा अनमोल केसी अभिनित निकै महत्वकांक्षी प्रोजेक्ट हो ‘ड्रिम्स’ । फ्लोर ज्वाईन गर्दा देखि नै निकै चर्चामा रहेको यो सिनेमाको अफिसियल ट्रेलर रिलिज गरिएको छ । आज राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रको प्रोमो सार्वजनिक गरिएको हो । पत्रकारहरुसँगको बिषेश कार्यक्रममा ‘ड्रिम्स’ ट्रेलरलाई निकै सकारात्मक प्रतिक्रिया मिलेको छ । सिनेमाको यो प्रोमोसनल भिडियोलाई सामाजिक सञ्जालहरुमा पनि धेरैले सेयर गरिरहेका छन् ।

लाखौं टिनएजर युवतीहरुको मनमा राज गर्न सफल अनमोललाई यसपाली भने दर्शकले एक्सन अवतारमा पनि यो सिनेमामा देख्न पाउनेछन् । उनी सिनेमामा लभर ब्वाईसँगै युवा बिजनेस म्यानको भूमिकामा पनि देखिनेछन् ।

‘मेरो सिनेमाको प्रतिस्पर्धा नेपाली सिनेमासँग होईन, हिन्दी र अंग्रेजी सिनेमासँग हो’, भुवनले भने, ‘मेरो सिनेमाले जुनसुकै विदेशी सिनेमालाई पनि टक्कर दिन्छ ।’ निर्देशक केसीले चलचित्रमा कुनै पनि कम्प्रमाईज नगरिएको जानकारी गराए । ‘गुणस्तरीय सिनेमा बनाउन कोशिष गरेको छु’, उनले थपे, ‘अनमोल स्टार हो अब यो सिनेमा पछि उसको स्थान अझै चुलिनेछ ।’ यता, चलचित्रका नायक अनमोलले पनि बाबुको निर्देशनमा चलचित्रमा काम गर्दा अझ धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताए ।

फागुन २१ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको यो सिनेमामा दिवाकर भट्टराई एसोसियट निर्देशकका रुपमा रहेका छन ।’ड्रिम्स’मा सामिप्यराज तिमल्सिनाको कथा पुरुषोत्तम प्रधान र संजय लामाको छयांकन, हर्कुलस बस्नेत र बिशेष/रोडितको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको एक्सन र कविराजको कोरियोग्राफी रहेको छ ।





Watch Trailer Here :-








