‘महानायक’ र ‘एक्सन किंग’को एकै स्वर, ‘बागमती दमदार छ’
महानायक राजेश हमाल र एक्सन किंग शिव श्रेष्ठ चलचित्र बागमतीलाई लिएर निकै आशावादी छन् । उनीहरुले बर्षौपछि सँगै काम गरेको यो सिनेमा दर्शकको लागि बहुप्रतिक्षित त छ नै साथमा यि दुई नायकहरुले पनि निकै उत्सुकतापुर्वक चलचित्रलाई लिएका छन् । यही शुक्रबारबाट रिलिजको क्रममा रहेको साउथ ईण्डियन निर्देशकको यो फिल्मसँग जोडिएका कलाकारहरुको समेत मन ’ढुकढुक’ छ रे ! मंगलबार राजधानीमा सँगै भेटिएका हमाल र शिवले यस्तै तर्क गरे ।

राजेश र शिवले निर्माण युनिटसँगै बसेर मंगलबार बिहान फिल्म पनि हेरेका छन् । फिल्म हेरेपछि दुबैको एकै स्वर छ ‘बागमती दमदार छ’ । दमदार छ या छैन त्यो त शुक्रबारबाट आम दर्शकले थाहा पाई नै हाल्नेछन् तर राष्ट्रिय विषय बनेको बागमती नदी सरसफाईसँग समेत जोडिएको यो फिल्मलाई भने निकै महत्वका साथमा हेरिएको छ ।
अन्य फिल्मको प्रचारमा साथ नदिने गरेको आरोप लागिरहँदा यो फिल्मको लागी भने हमाल मरिमेटेर लागेका छन् । मंगलबार पनि अर्को एक फिल्मको सुटिङ रोकेर नै हमाल जमघटमा सरिक भएका थिए । हमालले मोफसलमा समेत पुग्दा ’बागमती’ प्रति रिलिज अगाबै बनेको क्रेजले उत्साहित बनाएको भन्दै हलमा पनि त्यो साथ मिल्ने आशा व्यक्त गरे ।

त्यस्तै ’एक्शन किङ’को रुपमा परिचित अर्का अभिनेता शिवले महानायकको उपमा पाईसकेका हमालसँग काम गर्न पाउनु नै गर्वको कुरा भन्दै सस्पेन्स, थ्रिलर, ईमोशनल प्रकृतिको ‘बागमती’ एकपटक हेरेर आफ्नो कमब्याकलाई मुल्यांकन गरिदिन आग्रह गरे ।
सन्नी केरला निर्देशित चलचित्र बागमतीमा राजेश र शिवका अलावा केकी अधिकारी, ध्रुब कोईराला, रविकर घिमिरे, कञ्चन ठकुरी, श्रेया कार्की, लगायतले पनि अभिनय गरेका छन् ।सिनेमालाई दिनेश दर्शनधारी र विजय सत्यालले मिलेर बनाएका हुन् ।
For More videos Log on to Mazzako TV







