बालबालिका तथा वृद्धावृद्धालाई अनुरागले बाडे खाद्यन्न र लत्ताकपडा
मज्जाको अनलाईन, पुष १९ गते आईतबार, २०७२, काठमाण्डौं ।
कलाकार अनुरागमानसिंह कुँवरले वृद्ध, वृद्धा तथा बालबालिकाहरुलाई खाद्यन्न तथा लत्ताकपडा वितरण गरेका छन् । शुक्रबार, पुष १७ आफ्नो जन्मदिनको अवसर पार्दै कलाकार कुँवरले बालाजुमा रहेको हिमालय वृद्धाआश्रममा एक महिनालाई पुग्ने खाद्यन्न, ग्यास र दाउरा वितरण गरेका हुन् ।

त्यस्तै उनले पेप्सीकोलामा रहेको फ्युचर विक नेपाल बालआश्रमका १८ जना बालबालिकाहरुलाई पनि जाडोको न्यानो कपडा वितरण गरे । बालबालिकाहरुसँग जन्मदिनको केक काटेर उनले खुसीयाली मनाए ।

विगत दुई वर्ष देखि सञ्चालन हुँदै आइरहेको फ्युचर विक नेपाल बालआश्रममा आमा र बुवा गुमाएका आर्थिक स्तर न्यून रहेका बालबालिकाहरुले आश्रय तथा अध्ययनको सुविधा पाइरहेका छन् । वर्थ डे सेलिव्रेसनमा कलाकार किरण केसी, संगीतकार चेतन सापकोटा र नायक संयम पुरीसँगै बाल आश्रम पुगेका अनुरागले भने ‘खुसी बाँडौं भन्ने मात्रै मेरो चाहाना हो ।’

झण्डै एक दशकदेखि नेपाली फिल्म क्षेत्रमा कलाकारिता गर्दै आइरहेका अनुरागले विगतका आफ्ना जन्मदिनहरुमा पनि यस प्रकारको सामाजिक सेवा गर्दै आइरहेका छन् । ‘के यो माया हो’ देखि कलाकारिता प्रारम्भ गरेका उनी अभिनित पछिल्लो फिल्म ‘रातो घर’ विदेश प्रदर्शनको क्रममा छ । उनले भूकम्प प्रभावित कलाकार, प्राविधिक तथा सञ्चारकर्मीहरुलाई पनि नगद रकमसँगै जस्ता पाता पनि वितरण गरेका थिए ।
तस्बिर : उत्सब रसाईली ।
For More videos Log on to Mazzako TV







