‘प्रेम गीत’मा पुजा र प्रदिपको प्रेम यस्तो (भिडियो)
मज्जाको अनलाईन, पुष ३ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।
चलचित्र ‘प्रेम गीत’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार पुजा शर्मा र प्रदिप खड्कालाई फिचर गरिएको छ । निकै टिपिकल डाईलग सहितको ट्रेलर हेर्दा निकै रमाईलो लाग्छ । सुदर्शन थापा निर्देशित यो फिल्ममा कागबेनी, मुक्तिनाथ, मार्फा, टुकुचे, बेनी, पोखरा, मुग्लिन र काठमाण्डूका सुन्दर दृश्यहरु देख्न पाईन्छ ।

सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘प्रेम गीत’लाई निकै महंगो बजेटमा निर्माण गरिएको छ । आउँदो माघ २९ गते देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको यो प्रेम कथाको चलचित्रलाई निकै बहुप्रतिक्षित चलचित्रको रुपमा लिईएको छ ।








