लौ हेर्नुस्, ‘पशुपति प्रसाद’को मुहार (भिडियो सहित)
मज्जाको अनलाईन, मंसिर ९ गते, बुधबार, २०७२, काठमाडौं ।
‘पशुपति प्रसाद’ आगामी माघ १५ गतेबाट अल नेपाल रिलिज हुनेछ । बाबु आमाको अुधरो सपना पुरा गरेर उनीहरुलाई स्वर्ग तान्ने लक्ष्य लिएर पैसा कमाउन शहर आएको गाउँले केटोको कथालाई प्रस्तुत गरेको यस सिनेमाको प्रोमोशनल ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्दै चलचित्रको प्रचार सामाग्री देखाईएको हो ।

फिल्मका निर्देशक दीपेन्द्र के खनालले आफु फरक फरक कथाका फिल्म बनाउन रुचाउने भएकाले ‘पशुपति प्रसाद’लाई पनि फरक शैलीमा बनाइएको बताए ।चलचित्रका मुख्य कालकार खगेन्द्र लामिछानेले आफ्नो अघिल्लो फिल्म ‘टलकजंग भर्सेज टुल्के’मा दर्शकले टुल्केका रुपमा मनपराएको सम्झँदै टुल्केबाट माथि उठेर ‘पशुपति प्रसाद’का रुपमा चिनिनु आफ्नो लागि पनि चुनौती रहेको उनले जानकारी गराए । यता, अभिनेत्री वर्षा शिवाकोटीले आफुले कथा र पात्रमा ध्यान दिएर फिल्ममा काम गरेको दाबी गरिन् ।

टुकी आर्टस प्रा लि र दीपेन्द्र के खनाल प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा विपिन कार्की, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, मिश्री थापा र आशिष अधिकारीले अभिनय गरेका छन् । फिल्ममा रोजिना सिटौला कार्यकारी निर्माता छिन् भने निर्माण रजना नापितले गरेकी हुन् । खगेन्द्रकै लेखन रहेको फिल्ममा सूर्य थोकरको द्वन्द्व, दीर्घ खड्काको सम्पादन, हरि लम्सालको संगीत, डा. कृष्णहरि बरालको गीत र निरज कँडेलको छायांकन छ ।








