एमालेको अर्घेल्याईंले प्रधानमन्त्रीमा उम्मेद्वारी
मज्जाको अनलाइन, कार्तिक १९ गते, बिहिवार,२०७२, ललितपुर ।
नेपाली कांग्रेसले प्रधानमन्त्रीमा पार्टी सभापतिको उम्मेद्वारीलाई परिस्थितिको उपज भएको निश्कर्ष निकालेको छ ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले मधेशका माग सम्बोधनमा एमालेको असहयोगी भूमिकाकाकै कारण सहमति टुट्न पुगेको जनाएको छ ।
मधेशका माग सम्बोधनका लागि अघिल्लो सरकारले संसदमा लगेको संशोधन बिधयेक, पुन ः निर्माण प्राधिकरणलाई अघि बढाउने सवालमा एमालेले अर्घेल्याईं गरेको निश्कर्ष कांग्रेसको निर्णयमा उल्लेख छ ।
मधेशमा आन्दोलनरत दलसँग वार्ताका लागि पहलकदमी गर्ने निश्कर्षमा पुगेको कंग्रेसले त्यसका लागि संविधान संशोधन प्रस्ताव पारित गराउन प्रभावकारी कदम चाल्ने भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेका अनुसार प्रतिपक्षी कित्तामा पुगेपनि प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।
For More videos Log on to Mazzako TV







