तराई आन्दोलनमा विदेशी नागरिकको संलग्नता गम्भीर विषय : एमाले
मज्जाको अनलाईन, कार्तिक १६ गते, सोमवार, २०७२, काठमाडौं।
नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले तराई मधेसका आन्दोलनमा बाह्य मुलुकका (विदेशी) नागरिकको संलग्नता हुनु गम्भीर विषय भएको ठहर गरेको छ ।
समसामयिक विषय र सरकार विस्तारबारे सोमवार पार्टीको केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको
बैठकले वीरगन्जमा भएको भडप र एक भारतीय नागरिकको मृत्युलाई दुःखद् भन्दै आन्दोलनमा बाह्य नागरिकको संलग्नताले समस्यालाई थप जटिल बनाउने निष्कर्ष निकालेको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
नाका खुलाउने प्रहरीको प्रयासपछि चर्किएको आन्दोलनका क्रममा पर्सामा एक भारतीय नागरिकको मुत्यु भएको थियो ।
मन्त्रिपरिषद् विस्तारको कार्यसूचीमा पुनः मङ्गलबार छलफल गर्ने गरी आज बैठक सकिएको छ । बैठकले राष्ट्रपतिमा पार्टीका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी विजयी भएकामा बधाई दिएको छ ।
यस्तै अनेक प्रतिकूलताका बीच जारी भएको नयाँ संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि सबै पार्टीसँग सहकार्य गरी अघि बढ्नुपर्ने ठहर एमालेले गरेको छ ।
For More videos Log on to Mazzako TV







