वीरगञ्ज घटना पछि मोदीले प्रधानमन्त्री ओलीलाई फोन गरे
मज्जाको अनलाईन, कार्तिक १६ गते, सोमवार, २०७२, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ मिनेट टेलिफोन वार्ता गरेका छन् ।
वार्ता पछिल्लो समय नेपालको नाकाबन्दी र त्यसपछिको असहज अवस्थामा
केन्द्रित थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले असहज अवस्थालाई समाधान गर्नेबारे दुवै देशका प्रधानमन्त्रीबीच छलफल भएको जानकारी दिए ।
मोदीले सोमबार नै वीरगञ्जमा नेपाल प्रहरीको गोली लागेर एक भारतीय युवकको मृत्यु भएकोबारे चासो लिएका थिए ।
‘मोदीले नेपालका प्रधानमन्त्री ओलीसँग वीरगञ्ज घटनाबारे बुझ्नुभयो,’ भारतीय प्रधानमन्त्री कार्यालयको ट्विटमा छ, ‘प्रधानमन्त्री मोदीले भारतीय युवकको मृत्युले गहिरो दुस्ख व्यक्त गर्नुभएको छ ।’
वीरगञ्जमामा भएको विरोध प्रदर्शनमा प्रहरी चौकीमा आक्रमण गर्न आउने प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा एकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सीमावर्ती रक्सौल नागा रोड निवासी अशोक रामका १९ वर्षीय छोरा ‘सोनु’ भनिने आशिष रहेका छन् ।
घटनास्थलमै मृत्यु भएका उनको शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । अस्पतालमा उनका आफन्तले शव पहिचान गरेका हुन् ।
For More videos Log on to Mazzako TV







