चीनबाट ल्याइएको पेट्रोलियम पदार्थ नेपाल भित्रियो
मज्जाको अनलाईन, कार्तिक १४ गते, शनिवार, २०७२, धुन्चे (रसुवा) ।
चीन सरकारले नेपाललाई सहयोग दिने पेट्रोलियम पदार्थमध्ये केही परिणाम आज साँझ नेपाल भित्रिएको छ ।
प्रहरी नायब उपरीक्षक अवदेश विष्टका अनुसार २७ हजार लिटर पेट्रोलियम पदार्थ अहिले ९ः३० बजे रसुवागढी नाकाबाट नेपाल भित्रिएको हो ।
तीनवटा ट्याङ्करमा भरी ल्याइएको ती पेट्रोलियम पदार्थ कडा सुरक्षाका साथ आज टिमुरेमा राखिने र भोलि बिहान काठमाडौँ पठाइने, बाँकी नौवटा ट्याङ्कर तेल भर्नका लागि भोलि बिहान केरुङ जाने प्रहरी प्रमुख विष्टले जानकारी दिए ।
पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको सुरक्षार्थ ठाउँठाउँमा प्रहरी गस्ती परिचालन गरी यथेष्ट सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ ।
For More videos Log on to Mazzako TV







