पासाङ नेपालको उपराष्ट्रपतिमा निर्वाचित
For More videos Log on to Mazzako TV
मज्जाको अनलाईन, कार्तिक १३ गते, शनिवार, २०७२, काठमाडौं ।
एमाओवादी नेता एवं पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।संसदको केहीबेरमा बस्ने बैठकमा सभामुख ओनसरी घर्ती मगरले उपराष्ट्रपति चुनावको मत परिणाम घोषणा हुनेछ ।
अनुसार पासाङले ३२५ मत पाएका छन् भने कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् ।
शनिबार भएको मतदानमा ५४६ मत खसेको थियो । तर, १० मत बदर भएको छ ।









