उपराष्ट्रपति निर्वाचनको मतदान संसदमा जारी
मज्जाको अनलाइन, कार्तिक १४ गते, शनिवार, काठमाडौं ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनको मतदान जारी छ । पहिलो भोट नेकपा एमालेका भरतमोहन अधिकारीले खसालेर मतदान सुरु भएको थियो ।
नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजेबाट सुरु भएको सो मतदान दिउँसो २ बजेसम्म चल्नेछ । मतदानमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्रका दुईसमेत ५९७ जना सभासद्लाई मतदानको अधिकार रहेको छ ।
सो पदका लागि एनेकपा ९माओवादी०का स्थायी समितिका सदस्य नन्दबहादुर पुन र नेपाली काँग्रेसका पुराना नेता अमियकुमार यादव प्रतिस्पर्धामा छन् ।
मतदानपछि दिउँसो साढे २ बजेबाट मतगणना प्रारम्भ हुने र अपराह्न ५ बजे बस्ने संसद्को बैठकमा सभामुख ओनसरी घर्तीमगरले मत परिणाम घोषणा गर्ने संसद् सचिवालयले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।
नेपालको दोस्रो उपराष्ट्रपति पदमा एमाओवादी स्थायी समिति सदस्य नन्दबहादुर पुन विजयी हुने सम्भावना बलियो भएको छ। सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पुनको पक्षमा व्यवस्थापिका संसद्मा सहज बहुमतको स्थिति छ।
दोस्रो सर्वोच्च पदका लागि शनिबार हुने निर्वाचनका लागि सत्तारूढ तर्फबाट ५० वर्षीय पुन र प्रतिपक्षी कांग्रेस सांसद ६९ वर्षीय अमियकुमार यादव मैदानमा छन्।
तत्कालीन विद्रोही माओवादी लडाकु कमान्डर पुन संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं–४ मा कांग्रेस युवा नेता गगन थापासँग पराजित भएका हुन्। यादव भने कांग्रेसको समानुपतिक कोटाका सांसद हुन्। पुनको गृहजिल्ला रोल्पा हो भने यादव सिरहाका हुन्।
राष्ट्रपतिमा जस्तै उपराष्ट्रपति पदका लागि पनि सांसदले गोप्य मतदान गर्नेछन्।
For More videos Log on to Mazzako TV







