लौ सुन्नुस् ‘राम प्यारी’ रेखाको गीत
मज्जाको अनलाईन, कार्तिक १४ गते शनिवार,२०७२ , काठमाण्डौं ।
आउँदो चैत २६ गते देखि अल नेपाल प्रदर्शनमा आउने रेखा थापको बहुप्रतिक्षित चलचित्र ‘राम प्यारी’ अडियो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएका तीन गीतमध्ये ‘अर्को जुनी कुन्नी’ बोलको गीतमा स्वयं नायिका थापाको संगीत रहेको छ । गीतमा आवाज राजेश पायल राई र मनिषा पोखरेलको छ ।
अन्य दुई गीतहरु ‘छम छम’ मा थानेश्वर गौतम र माण्डवी त्रिपाठीको, त्यस्तै ‘मेरो घुर्की’ मा कोसिश क्षेत्रीको संगीत तथा आवाज छ । सार्वजनिक गरिएका गीतहरुले दर्शक स्रोताको मन छुने कुरामा नायिका थापा निकै विश्वस्त देखिएकी छिन् । उनी भन्छिन्, ‘मैंले हरेक उमेर समुह र हरेक क्षेत्रका दर्शक तथा श्रोतालाई ध्यानमा राखेर फिल्ममा संगीत संयोजन गरेको छु । मेरा अन्य फिल्मका गीतहरु जस्तै यो पनि सर्वाधिक लोकप्रिय हुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।’
चलचित्रका निर्देशक सबिर श्रेष्ठ पनि फिल्मको सिक्वेन्स अनुसार गीत बग्ने बताउँछन् । आमा सरस्वती थामा निर्मात्री रहेको फिल्म ‘राम प्यारी’ आउँदैछ । फिल्ममा रेखा टेम्पो ड्राइभरको शिर्ष भूमिकामा प्रस्तुत भएकी छन् । रेखाका अलावा यो सिनेमामा सविर श्रेष्ठ, आश्मा डिसी, नव नायक आभाष अधिकारी लगायतलाई देख्न पाईनेछ ।
For More videos Log on to Mazzako TV









