पुर्व गृहराज्यमन्त्री कंडेलमाथि गोली हान्ने प्रयास बिफल
मज्जाको अनलाईन, कार्तिक १३ गते, शुक्रवार, २०७२, नवलपरासी ।
नवलपरासीमा पुर्व गृहराज्यमन्त्री देवेन्न्द्रराज कंडेललाई गोलि हान्ने प्रयास बिफल भएको छ ।
शुक्रवार दिउँसो साढे एक बजेतिर उनको गृहनगरनजिकै दुई भारतीय सूटरले उनलाई घरमा बनेको पेस्तोलले गोलि हान्ने प्रयास गरेका थिए ।
नवलपरासीका प्रहरी उपरिक्षक नलप्रसाद उपाध्यायका अनुसार, बडहरा दुवौलिया गाविसमा कार्यकर्तासँग बसिरहेको अवस्थामा भारतीय मोटरसाइकलमा आएका दुई जनाले एक्कासी पेस्तोल निकाल्दै गर्दा कंडेलका अंगरक्षकले उनीहरुलाई ढालेका थिए ।
पेस्तोलसहित भारतीय नागरिक दुईजना पक्राउ परेका छन् । भारतीय नागरिक उज्जल गर्तौला र जोगेन्द्र पासवान पेश्तोलसहित पक्राउ परेका छन् । भारतीय सूटरहरुले कसको योजनामा उनलाई हान्ने प्रयास गरेका हुन् भन्ने खुलेको छैन ।
उनीहरु चढेर आएको भारतीय नम्वरको मोटरसाइकल स्थानीयवासीले आगो लगाइदिएका छन् ।
For More videos Log on to Mazzako TV







