राजेशलाई विदेश पानीपधेरो, सांगितिक यात्रामा पुन: निक्लिए युरोप (फोटो फिचर)
मज्जाको अनलाईन, कार्तिक ९ गते सोमबार, २०७२, काठमाण्डौं ।
बर्षमा लगभग ६ महिना भन्दा बढी बिदेशकै कार्यक्रमहरुमा ब्यस्त हुने भर्सटायल गायक राजेश पायल राई यतिबेला पुन: युरोप भ्रमणमा निक्लिएका छन् । नितान्त सांगितीक कार्यक्रमका लागि दोस्रो पटक युरोप निक्लिएका गायक राईले यसपटक स्पेनबाट आफ्नो यात्राको ढोका खोलेका छन् ।
गायक राजेश पायल राईले स्पेनको बार्सिलोनामा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । स्पेनमा उनले आफ्ना चर्चित गीतहरु सुनाएर सबैको वाहवाही पाएका छन् ।
स्पेनपछि गायक राईले डेनमार्क, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, स्वीट्जरल्याण्ड, जर्मनी र पोर्चुगलमा कार्यक्रमहरु गर्नेछन् ।
विदेश त पानी पधेरो भो नि राजेशजी ? भन्ने मज्जाको अनलाईनको प्रश्नमा हाँस्दै राजेश भन्छन्, ‘यो सबै दर्शकस्रोताको माया र साथ अनि निरन्तरको मेहनतले गर्दा नै सम्भव भएको हो ।’
राजेश पायल राई नेपाली सांगीत बजारका अपरिहार्य नाम हुन् । लोक, पप, आधुनिक देखि चलचित्रका गीतमा समेत उनले आफ्नो दबदबा कायम गर्न सफल भएका छन् । ६ महिना सम्म उनलाई नै कुरेर गीत रेकर्ड गराएको प्रशंगले पनि यो कुरालाई पुष्टि गर्छ ।
For More videos Log on to Mazzako TV












