राष्ट्रपति / उपराष्ट्रपतिको उम्मेदवार छनौंट गर्न कांग्रेस असफल
मज्जाको अनलाइन,कार्तिक ९ गते, सोमवार, २०७२, काठमाडौं ।
नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा अन्य दलसँग छलफल गरी निर्णय लिने भएको छ ।
व्यवस्थापिका–संसद्मा पर्सि कात्तिक ११ गते ती पदमा निर्वाचन हुने कार्यक्रम रहेको छ । व्यवस्थापिका–संसद्मा सबैभन्दा ठूलो दलका रुपमा रहेको नेकाले ती पदमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार छनोट गरिसकेको छैन ।
पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज बसेको पार्टी पदाधिकारी बैठकले संसद्मा रहेका दलसँग छलफल गरी ती पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
नेकाको कात्तिक ७ गते बसेको पदाधिकारी बैठक र सोही दिन बसेको केन्द्रीय समिति बैठकले ती पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो । निर्वाचन नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्दै गएको छ ।
For More videos Log on to Mazzako TV







