चीनले हजार मेट्रिक टन तेल नेपाल पठाउँदै
मज्जाको अनलाइन, कार्तिक ७ गते, शनिवार, २०७२ , काठमाडौं ।
भारतले पेट्रोलियम पदार्थमा अघोषित रुपमा नाकाबन्दी गरेपछि चीनले एक हजारभन्दा बढी मेट्रिक टन तेल पठाउन लागेको छ ।
चीनले अनुदान सहयोगस्वरुप हजार मेट्रिक टन तेल केरुँग नाकाबाट मंगलवार नेपाल पठाउने तयारी गरिरहेको वाणिज्य आपूर्ति
मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
यस विषयमा सम्झौता गर्न आइतबार अर्थ मन्त्रालय ,वाणिज्य आपूर्ति र परराष्ट्र मन्त्रालयको एक सरकारी टोली चीन जान लागेको छ ।
सत्ता साझेदार दल एनेकपा माओवादी को अगुवाइमा चीनबाट पेट्रोलियम लगायत अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भइसकेको छ ।
भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका चिनियाँ र नेपाली अधिकारीको प्रयासमा केही दिनअघि खोलिएको थियो ।
नाका खुलेकै दिन फेरि पहिरोले बन्द भएको केरुङ नाका शीघ्र सञ्चालन गर्न दुवै मुलुकका सम्बद्ध कर्मचारी अहोरात्र खटेका छन् ।
For More videos Log on to Mazzako TV







