लगातारको जितसँगै नेपाल विश्वकपमा छनोट
मज्जाको अनलाईन, कार्तिक ५ गते, बिहिवार, २०७२, काठमाडौं ।
आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएको छ ।
नेपालले समूह चरणको चार वटै खेलमा पनि शतप्रतिशत नजिता निकाल्न सफल भएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरमा आज भएको अन्तिम खेलमा आयरल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्यान्डले ४७।४ ओभरमा सबै विकेट गुमाउँदै १८४ रनको मध्यम स्कोर बनाउन सफल भयो ।
एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोलीका ओपनर ब्याट्स्म्यान सुनिल धमलाले ४७, राजु रिजालले ३५, आरिफ शेखले २१ र दीपेन्द्रसिंह ऐरीले २६ रन बनाएका थिए ।
आयरल्यान्डलाई कम स्कोरमै समेट्ने क्रममा नेपालका आरिफ शेखले तीन, ललितनारायण राजवंशीले चार तथा दिपेन्द्र ऐरीले दुई विकेट लिएका थिए । जितसँगै नेपालले अर्को वर्ष बङ्गलादेशमा अर्को वर्ष हुने यु–१९ विश्वकप खेल्नेछ । यससँगै नेपालले सातौँ पटक यु १९ विश्वकपमा छनोट हुन सफल भएको हो ।
यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा पनि नेपालले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार नेपालले जित्दा पनि आयरल्यान्डले पहिलो ब्याटिङ गर्दै नेपाल सामु १८५ रनकै लक्ष्य प्रस्तुत गरेको थियो । सो खेलमा नेपालका ओपनर जोडी सुनिल र सन्दीप सुनारले १७० रनको साझेदारी गरेपछि नेपालले लक्ष्य सहज रुपमा भेट्टाएको थियो ।
यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो । तेस्रो खेलमा अमेरिकालाई छ विकेट तथा चौथो खेलमा आयरल्यान्डलाई आठ विकेटले नै पराजित गरेको थियो ।
प्रमद्वारा क्रिकेट टोलीलाई बधाई
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई दिएका ।
बिहिवार विज्ञप्तिमार्फत बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
For More videos Log on to Mazzako TV







