आजबाट देशभर ‘अधकट्टी’, प्रिमियरमा यस्तो देखियो (फोटो फिचर)
मज्जाको अनलाईन, कार्तिक ३ गते, मंगलबार, २०७२, काठमाण्डौं ।
आजबाट देशभर सार्वजनिक प्रर्दशनमा आएको चलचित्र ‘अधकट्टी’ले सोमबार राजधानीमा भब्य प्रिमियर गरेको थियो । चलचित्रको युनिट सहित फिल्म क्षेत्रका नयाँदेखि पुराना सम्म कलाकार, प्राविधिक र पत्रकारहरुको बाक्लो उपस्थ्तिी रहेको प्रिमियरमा चलचित्रलाई निकै सकारात्मक प्रतिक्रिया मिलेको छ ।
पञ्चे बाजा बजाएर काठमाण्डौको कुमारी हलमा गरिएको प्रिमियरमा नायिकाहरु नम्रता श्रेष्ठ, रीमा विश्वकर्मा, अनु शाह, ऋचा शर्मादेखि हाँस्य कलाकार हरिवंश आचार्य, दिपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, हसन खान, संजोग कोइराला, बाल कलाकार अनुभव रेग्मी, कान्छा निर्देशक सौगात बिष्ट, संगम बिष्टको लगायतको उपस्थ्तिी रहेको थियो ।
प्रिमियर सोमा अधकट्टी यूनिटले केही महिना अघि आयोजित च्यारिटी सोबाट उठेको ७ लाख ४७ हजार रकम हरिबंश आचार्यको मार्फत चलचित्र प्राविधिक संघलाई प्रदान पनि गरेको थियो ।
रंग पत्रकार सुब्रत आचार्यले निर्देशन गरेको सिनेमा ‘अधकट्टी’मा विल्सन बिक्रम राई, गौरव पहारी, गजित बिष्ट, अशिष्मा नकर्मी, रिस्ता बस्नेत र प्रदिप बास्तोलाको अभिनय रहेको छ । द्वरारिका उदय प्रोडक्सनको ब्यानरमा निर्मित अधकट्टीलाई प्रदीप कुमार उदयले निर्माण गरेका हुन ।
तस्वीर – अनुप भट्टराई
For More videos Log on to Mazzako TV



















