दु:खद खबर : तराईमा मानव सांग्लो बनाउदाँ एकको मृत्यु
असोज १५ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।
सरकारको चर्को बिरोध स्वरुप तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विहिबार आयोजना गरेको बृहत मानव सांग्लोमा सहभागी एक जनाको मृत्यु भएको छ।

मानव संग्लोमा सहभागी भएका उमेश कापरको महोत्तरीमा बेहोस भएपछि मृत्यु भएको बताईएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यो कुराको पुष्टि गरेका हुन् । मृतकको सनाखत भईसकेको भने छैन् ।
पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत झापाको मेची पुलदेखि कन्चनपुरसम्मका २१ जिल्लामा विहिबार मानव साङ्लो बनाएको मोर्चाले दावी गरेको छ ।
For More videos Log on to Mazzako TV







