पत्रकारको पहलमा बिरामीलाई ५० हजार सहयोग
मज्जाको अनलाईन, असोज १० गते, २०७२, उर्लाबारी ।
खुट्टाको मासु कुहिएर झर्नथालेपछि उपचार गर्ने रकम नहुँदा समस्यामा परेका मोरङ राजघाट—७ का देवान तामाङलाई हङकङमा रहेका राजघाटवाशीबाट ५० हजार रुपैया सहयोग प्राप्त भएको छ । तामाङको उपचारमा आर्थिक समस्या भई बिराटनगरस्थित नोवेल अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेको समाचार सम्प्रेषण गर्नुका साथै सहयोगका लागि पत्रकार तेजन खड्काले पहल गरेपछि हङकङमा भएका मोरङ राजघाटका सहयोगी हातहरुले सहयोग गरेका हुन् ।
हङकङबाट समाचार हेरेर तामाङको उपचारका लागि आफु र साथीभाईबाट नगद ५० हजार रुपैया संकलन गरेर त्यहाँ कार्यरत जिवन पोमुले पठाएका हुन् । हङकङबाट पठाइएको रकम आज अरनिको उच्च माविमा एक कार्यक्रमका बीच विरामीको आफन्तलाई हस्तान्तरण गरिएको छ ।
तामाङको उपचारमा सक्रिय रुपमा लागिपरेका समिर तुम्बाहाम्फे, अरनिको उच्च माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्र सुब्बा र सञ्चारकर्मी तेजन खड्काले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरे ।
तस्बिर – सविन सुवेदी
For More videos Log on to Mazzako TV








