चंखे प्रिमियरमा देखिए लालबाबु र माधव नेपाल
मज्जाको अनलाईन, असोज ७ गते, विहिबार, २०७२ ।
निकै चर्चामा रहेका सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित र नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले संगै बसेर ‘चंखे शंखे पंखे’को प्रिमियर सो हेरेका छन् ।
बुधवार साँझ कमलपोखरी स्थित वीग मुभिजमा आयोजित प्रिमियर सोमा उनीहरुले फिल्म मात्र हेरेनन् कलाकारहरुसंग सेल्फी फोटो समेत लिन भ्याएका थिए । नेताहरुले चलचित्र हेरिसकेपछि चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्रले गम्भीर बिषय उठान गरेको भन्दै यस्ता बिषय बस्तुमा अरु फिल्म पनि बन्नु पर्ने प्रतिक्रिया दिएका छन् ।
हत्तपत्त फिल्म नहेर्ने लालबाबु पण्डितलाई चाँहि क्लाईमेक्स अपेक्षा भन्दा छोटो लागेका प्रतिक्रिया दिएका छन् । तर उनले ईन्जोय चाँहि गरे रे । ‘मेरो स्वभाव जस्तै रहेछ हिरोहरुको स्वभाव त्यसैले यस्तो प्रकारको फिल्म अरु बन्नु पर्छ अनि मात्र राष्ट्रको परिवर्तन हुन्छ ।’ लालबाबुले भनेका छन् ।
फिल्म उद्योगमा भित्रिएका नयाँ निर्माता सन्तोष सेनको लगानीमा बनेको ‘चंखे शंखे पंखे’को बजेट एक करोड ७० लाख बताईएको छ। जसकारण यो फिल्मले आफ्नो लगानी उठाउँन न्यूनतम ३ करोड ५० लाखको ग्रस कारोबार गर्नै पर्ने हुन्छ । सुर्दशन थापाको निर्देशनमा बनेको ‘चंखे शंखे पंखे’मा पहिलो भाग कमेडी र दोश्रो भागमा आधुनिक राष्ट्रिययताको बिषय उठान गरिएको छ ।
फिल्ममा निर्देशक सुर्दशन थापा सहित हिरोइन पूजा शर्मा , सुवास थापा, प्रेम पुरी, प्रमोद अग्रहरी, नन्दिता केसी लागयतको मुख्य अभिनय छ ।
photo – Binod Pokhrel
For More videos Log on to Mazzako TV










