हिन्दु यूवा मञ्चद्धारा धर्म यूद्धको घोषणा, धर्म निरपेक्ष लेखिएको धारा च्यातियो
मज्जाको अनलाईन, असोज ५ गते, मंगलबार, २०७२, काठमाण्डौं ।
हिन्दु राष्ट्र स्थापनाको माग राख्दै लामो समयदेखि आन्दोलनरत राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले धर्म निरपेक्ष संविधान बहिस्कार सहित धर्म यूद्धको घोषणा गरेको छ । १७ दिन सम्म राजधानीको खुल्ला मञ्चमा आमरण अनसन कार्यक्रम आयोजना गरेको मञ्चले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले आफूहरुसँग सहमति गरेर ३६ घण्टा भित्र हिन्दु राष्ट्र कायम गर्ने प्रतिबद्धता ब्यक्त गरे पनि धोका दिएको प्रतिक्रिया दिएका छन् ।
उनीहरुले धर्म निरपेक्ष संविधान जारी गरेको भन्दै त्यसलाई उल्टाउन दिर्घकालिन धर्म यूद्धको घोषणा गरिएको पनि स्पष्ट पारेका छन् । पत्रकार सम्मेलनमा नै मञ्चले धर्म निरपेक्ष लेखिएको धारा ४, धर्म परिवर्तनको ब्यवस्था गरिएको धारा २६ लाई च्यातेर यूद्धको घोषणा गरेको थियो ।
राष्ट्रिय हिन्दु युवा आन्दोलन नेपालका संयोजक सागर कटुवालले षडयन्त्रमुलक रुपमा हिन्दु राष्ट्र हटाईएको भन्दै आफूहरु अब हिन्दु राष्ट्र पुन स्थापित नहुन्जेलसम्म हिन्दुबादी संघ सस्थाहरुलाई गोलबन्द गरेर धर्म यूद्धमा जाने चेतावनी दिए । यद्यपि उनले आफूहरुको आन्दोलन अहिंसात्मक हुने स्पष्ट पारे ।
For More videos Log on to Mazzako TV








