‘वडा नम्बर ६’ लाई डा. बाबुराम भट्टराईले दिए ८, नेतृ हिसिलाले ११ (भिडियो सहित)
मज्जाको अनलाईन, असोज ५ गते, मंगलबार, २०७२, काठमाण्डौं ।
हाँस्यकलाकारहरुले निर्माण गरेको चलचित्र ‘वडा नम्बर ६’ हेर्न सोमबार साँझ पुर्व प्रधानमन्त्री तथा एमाओवादी का नेता डा. बाबुराम भट्टराई, सुचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल, एमाओवादी नेतृ हिसिला यमी कमलपोखरी स्थित कुमारी हलमा पुगेका थिए । चलचित्रको युनिटसँगै बसेर सिनेमा हेरेका नेताहरुले चलचित्र मन मन परेको बताए ।
‘यस्ता चलचित्रहरु बन्ने हो भने विदेशी चलचित्रहरुको प्रभुत्व घट्छ नेपाली सिनेमा उद्योगले पश्रय पाउछ’, चलचित्र हेरिसकेपछि डा. भट्टराईले भने, ‘म यो चलचित्रलाई १० मा ८ दिन्छु ।’ उनले चलचित्र हेरिरहदाँ जनयुद्वको पलहरुलाई सम्झिएको पनि सुनाए । डा. भट्टराईले चलचित्र ‘वडा नम्बर ६’ लाई सरल, यथार्थमा आधारित र गुणस्तरीय चलचित्र भनी प्रतिक्रिया दिएका छन् । उनले ‘वडा नम्बर ६’ को प्रशंसा गर्दै फेसबुक र ट्विटरमा स्टाटस समेत लेखेका छन् ।
यता भट्टराई पत्नी हिसिला यमीले पनि चलचित्रले मन छोएको प्रतिक्रिया दिएकी छिन् । ‘नेपालको युनिक एक्सपेरिमेन्टल चलचित्र हो वडा नम्बर ६, त्यसैले यो चलचित्रलाई ओष्करमा पठाउनै पर्छ’, हिसिलाले भनिन्, ‘वडा नम्बर ६ लाई म १० मा ११ दिन्छु ।’ उनले दिपाश्रीको अभिनय मन परेको बताउदैं दिपालाई महिला शसक्तिकरणको आवाज बोल्ने अभिनय गरेको भनि मुक्तकण्ठले प्रशंसा गरिन् ।
यता सुचना तथा सञ्चारमन्त्री डा. रिजालले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । ‘नेपालको समसामयिक राजनितिलाई पृष्ठमा राखेर रमाईलो कमेडी चलचित्रले प्रस्तुत गरेको रहेछ, सिनेमा हेरेर धेरै हाँसियो’, मन्त्री रिजालको प्रतिक्रिया यस्तो छ । सिनेमा हेर्न चलचत्रि विकास बोर्डका अध्यक्ष राजकुमार राई सहित बरिष्ठ सिनेकर्मी अशोक शर्मा लगातय चलचित्र युनिट सहित सञ्चारकर्मी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
चलचित्रको विशेष शोमा चलचित्रका कलाकारहरुले प्राप्त प्रतिक्रियाबाट शुखी हुदै रमाईलो पनि गरे । नायिका प्रियंकालाई सिताराम कट्टेलले जुरुक्क उचाले भने छेवैमा रहेकी श्रीमती तथा यस चलचित्रकी निर्मात्री कुञ्जना घिमिरेलाई गालामा चुम्बन गरे ।
यता केदार घिमिरे ‘माग्ने बुढा’लाई पनि प्रियंका र दिपाश्रीको अंगालो निकै फापेको देखियो ।
उज्जल घिमिरे निर्देशित चलचित्र ‘वडा नम्बर ६’ ले यतिबेला राजधानीका हलहरुमा हाउसफुलको ब्यापार गरिरहेको छ ।
चलचित्रका बारेमा क कस्ले के के भने भिडियो हेरौं ।
For More videos Log on to Mazzako TV
















