मधेसी मोर्चाले भन्यो, ‘संविधान जलाउछौ, ब्ल्याक आउट गर्छौ’ (प्रेस विज्ञप्ती सहित)
भदौ ३१ गते, काठमाडौं ।
नयाँ संविधान निर्माणको बिरोध स्वरुप तराईमा आन्दोलनरत मधेसी दलहरुले संविधानलाई बहिष्कार गर्ने निर्णय गरेका छन् । आज एक प्रेस विज्ञप्ती निकाल्दै सो संविधान घोषणा पछि संविधान च्यातेर अझै सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
प्रेस विज्ञप्तीमा लेखिएअनुसार असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने आन्दोलनरत दलको तयारी छ । आज मध्यान्ह तराइ मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा बसेको चार मधेसवादी दलको बैठकले संविधान घोषणा हुने दिनलाई कालो दिनको रुपमा मनाउने साथै असोज ४ गते सदरमुकाममा विशाल जनप्रर्दशन गरेर संविधान जलाउने कायक्रम तय गरेको छ ।
तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले मधेसवादी दलले संविधान घोषणा भएपछि झनै आन्दोलन चर्काउने निर्णय भएको जानकारी गराए । तर सँगसँगै सरकारसँग वार्ताको ढोका भने खुला राखिएको समेत जानकारी गराईएको छ । उनका अनुसार बैठकले मोर्चा बलियो बनाउन आन्दोलनमा आदिवासी, जनजाति र अल्पसंख्यक जनतासँग मोर्चाबन्दी गरेर अगाडि बढ्ने निर्णयसमेत गरेको छ ।
बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र सद्भावनाका महासचिव मनिष सुमनको उपस्थिति थियो ।
For More videos Log on to Mazzako TV









