सोचेको जति सबै कुरा हुने भए, के हुन्थ्यो ? (भिडियो)
मज्जाको अनलाईन, भदौ ३१ गते, विहिबार, २०७२, काठमाण्डौं ।
सोचेको जति सबै कुरा हुने भए
चाहेको जति सबै कुरा पाउने भए
म त तिमीलाई चाहन्थे,
मनमा तिमीलाई नै सजाउथे
गीत सुन्दा मिठो छ, भिडियो हेर्दा पनि तपाईको आँखालाई पक्कै शितलता प्रदान गर्छ नै होला । गायिका अवुन पाण्डेको आवाजमा सजिएको यस गीतमा रमेश दहालको शब्द रहेको छ भने संगीत टिका दहालले दिएका हुन् । अष्ट्रेलियाका विभिन्न ठाँउहरुमा सुट गरिएको यस गिति भिडियोलाई चलचित्र निर्देशक सुरेश दर्पण पोख्रेलले निर्देशन गरेका हुन् । ‘अतृप्ती’ एल्बममा रहेको यस गीति भिडियोबाट राम्रो प्रतिक्रिया पाईरहेको निर्देशक पोख्रेलले मज्जाको अनलाईनलाई जानकारी गराए ।
भिडियोमा राजु खान र सुचिन केसीले मोडलिङ्ग गरेका छन् । सुरेश महर्जन र सुचिन केसीको छायांकनमा तयार भएको यस भिडियोको सम्पादन भरत रेग्मीले गरेका हुन् ।
For More videos Log on to Mazzako TV







