देश बनाउँने युवा खोज्दै ‘चंखे शंखे पंखे’ : पश्चिमाञ्चलबाट सात जना छानिए
मज्जाको अनलाईन, भदौ १८ गते आईतबार, २०७२, काठमाण्डौं ।
असोज ८ गते सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘चंखे शंखे पंखे’ यूनिटले देश बनाउँने युवाको खोजी गर्दै अडिसन सुरु गरेको छ । चलचित्रको स्टोरी अनुसार तीन युवाको खोजी गर्ने उद्देश्य सहित चंखे यूनिटले पब्लिक स्पिकर नेपाल आयोजना गरी देश बनाउँने सक्षम युवाको खोजी गरेको हो । पश्चिमाञ्चलका १४ वटा कलेजबाट सात उत्कृष्ट युवा छनौट गर्दै ग्रयाण्ड फाईनलका लागि तयारी सुरु गरिएको छ ।
पहिलो अडिसन पोखरा स्थित स्टेपबाई स्टेप कलेजबाट सुरु गरिएको हो, जहाँ फिल्मका प्रोड्यूसर सन्तोष सेन, मार्केटिङ कन्सलट्यान्ट सुशिल बुढाथोकी, आयोजक सहकर्मी एक्रिएटिम मिडियाका प्रमुख हरि पोखरेल सहित फिल्मका विशेष सल्लाहकार रेशम जंग शाही र चलचित्र पत्रकार दिनेश सिटौला जुरीका रुपमा थिए ।
सहभागी भएका २४ विद्यार्थीहरुको अडिसनबाट उत्कृष्ट सातको छनौट गरिएको हो । छानिएका मध्ये पोखराबाट सुर्दशन पौडेल, सन्दिप थापा र अनुपा तिवारी छन् । यस्तै बुटवलबाट ईला सुवेदी र शुभेच्छा आचार्य छनौट भएका छन् भने पर्वतबाट अरविन्द राज पौडेल र रेनुका आचार्य छन् ।
फिल्म युनिटले गराएको जानकारी अनुसार धरान, चितवन र राजधानीका तीन जिल्लाका विद्यार्थीहरुबीच पनि अडिसन हुनेछ । र अन्त्यमा आउँदो असोज २ गते काठमाण्डौमा ३० जना युवाहरुबीच फाईनल प्रतियोगिता हुनेछ । जसमा उत्कृष्ट तीन युवालाई ‘चंखे शंखे पंखे अवार्ड’ सहित क्रमश १ लाख , ५० हजार र २५ हजार नगदले पुरस्कृत गरिने छ । यस्तै उक्त सम्मान र अवार्ड बाहेक विभिन्न प्रतियोगितामा विजेताहरुलाई अवसरका लागि स्थान दिईने आयोजकले जनाएको छ ।
For More videos Log on to Mazzako TV










