‘साथी भन्दा माथी तर प्रेममा छैनौं’ : सलोन बस्नेत
मज्जाको अनलाईन, सुसन घिमिरे, भदौ १९ गते, शनिवार, २०७२, पोखरा ।
भदौ २५ गते देखि रिलिज हुन लागेको फिल्म ‘लब सब्’ को प्रोमोशन का लागी नायक नायिका सलोन बस्नेत र करिश्मा श्रेष्ठ शनिवार पोखरामा पत्रकारहरु माझ देखिए । निकै व्यस्त समय तालिका लिएर पोखरा आएका सलोन र करिश्मा शुकबार बिहान ८ बजे पोखरा आए सँगै सँचारमाध्यममा फिल्मको प्रोमोशन गर्दैमा व्यस्त रहे ।
सलोन र करिश्मा जहाँ जहाँ अन्र्तवार्ता का लागी पुगे ति सबै ठाउँमा उनिहरु को सम्बन्ध बारे पत्रकारहरु ले प्रश्न तेर्साए ‘तपाईहरु को सम्न्ध के हो र ?’ पत्रकारहरुको प्रश्नमा सलोनको प्रतिक्रिया , ‘हाम्रो सम्बन्ध साथी भन्दा माथी छ तर हामी प्रेम सम्बन्धमा रहेका छैनौ’, सलोनले भने, ‘भविष्यमा के होला कसैलाई थाहा छैन तर अहिले मिडियामा आए जस्तो प्रेम सम्बन्ध हामी बीचमा छैन’ । नायिका करिश्माले पनि आफुहरु बिच प्रेम सम्बन्ध नरहेको बताईन् ।
भदौ २५ देखी देशभर एकैसाथ प्रदर्शन हुने फिल्म ‘लब सब्’ का लागी मोफसल निस्किएका सलोन र करिश्मा शनिवार नै चितवन मा पनि पत्रकार भेटघाट सकेर काठमाण्डौं फर्कने कार्यक्रम छ ।
For More videos Log on to Mazzako TV








