चन्दा भन्छिन्, ‘नाच्नलाई छम छम, माईती घर जाम’ (भिडियो)
अर्जुन गुरागाई, मज्जाको अनलाईन, भदौ १७ गते, विहिबार २०७२, इटहरी ।
महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गायिका तथा सञ्चारकर्मी चन्दा खड्काले आफ्नो पहिलो सांगीतिक एल्बम माइती घर बजारमा ल्याएकी छिन् । आफ्नैं शब्द र लय संकलनमा तयार पारिएको यस एल्बममा २ वटा तीजका गीत समावेश गरिएको छ । एउटा गीतको उनले म्युजिक भिडियो समेत तयार पारेकी छिन् । ‘नाच्नलाई छमछम’ बोलको गीतको म्यूजिक भिडियोको निर्देशन प्रकाश सुब्बाले गरेका हुन् ।
उनले तीज गीतबाट सांगीतिक यात्राको खाता खोलेको बताएकी छिन् । ‘नाच्नलाई छमछम’, ‘अझैनी छैन मलाई माइत बस्ने रहर पुगेको’ बोलका गीतहरुले यतिबेला नेपालको पुर्वी बजारमा चर्चा कमाईरहेका छन् । नमस्ते एफ. एम. इटहरीकी आर्जे समेत रहेकी चन्दा गीतबाट प्राप्त प्रतिक्रियाले निकै खुशी देखिएकी छिन् ।
‘मेरो गीत सुनेर धेरै पूर्वका स्रोताहरुले स्वर राम्रो रहेछ रेडियो र साहित्य यात्रा संगै सांगीतिक यात्रालाई पनि अगाडि बढाउनुहोस् भन्ने प्रतिक्रिया दिइरहनु भएको छ’, हर्षित मुद्रामा उनले भनिन्, ‘अब स्रोताको च्वाईसअनुसार गीत गाँउछु’ । गायिका खड्काले अब चाडै नै आधुनिक गीतको अर्को सांगीतिक एल्बम बजारमा ल्याउने तयारी भैरहेको पनि बताएकी छिन् ।
For More videos Log on to Mazzako TV









