अमेरिकामा ‘राते काईला’लाई लाईफ टाईम अचिभमेन्ट अवार्ड
मज्जाको अनलाईन, श्रावण ३१ गते, आईतबार, २०७२, काठमाण्डौं ।
नेपाली सिनेमाका ‘राते काईला’ अर्थात सुनिल थापालाई लाइभ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ‘फेस्टीभल अफ ग्लोब’ अर्थात विश्व चलचित्र महोत्सवमा थापालाई यो अवार्डबाट सम्मान गरिएको हो । ‘फेस्टीभल अफ ग्लोब’ अगस्ट ७ देखि १६ सम्म अमेरिकामा चलेको थियो, जहाँ विश्वभरिबाट चलचित्रकर्मीहरुले सहभागिता जनाएका थिए ।
अमेरिकामा हजारौँ दर्शक र विश्वभरका चर्चित चलचित्रकर्मी माझ हङकङका अभिनेता ज्याकि च्यान, भियतनामी अभिनेत्री क्यु चिन, भारतीय म्युजिक डाइरेक्टर बाप्पी लाहिरी र हलिउड अभिनेता मार्टिन सेनको साथमा नेपाली कलाकार सुनिल थापालाई उक्त अवार्ड मिलेको हो । चलचित्र क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै उनीहरुलाई लाइभ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

सुनिल थापाले पाएको अवार्डले सम्पुर्ण नेपाली चलचित्र क्षेत्रलाई विश्व माझ चिनाएको छ । अमेरिकाको सनफ्रान्सीस्कोमा भएको फेष्टिभल अफ ग्लोभमा नेपालका तर्फबाट चलचित्र निर्देशक तथा चलचित्र विकास बोर्ड सदस्य सुरेशदर्पण पोख्रेल नायिका नन्दिता केसी, केकी अधिकारी, ऋचा शर्मा, शंकर बिसी, शुसांक मैनालीलगायतले सक्रिय सहभागिता जनाएका थिए ।











