७५ दिनमा ‘धुर्मुस सुन्तली’ र उनको टिमले बनाएको लोभलाग्दो बस्ती (फोटोफिचर)
अर्जुनकुमार संग्रौला,मज्जाको अनलाईन, श्रावण २८ गते, काठमाण्डौं ।
काभ्रेको पाँचखाल नगरपालीका–१६, डाँडागाउँमा बनाइएको ‘धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती’ बुधबार हस्तान्तरण गरीएको छ । करिब ७५ दिन त्रिपाल मुनि बसेर दिनरात खटेर ‘धुर्मुस सुन्तली’को नेतृत्वमा बनेको २० घर भएको ‘नमुना बस्ती’ पहरी बस्तीका स्थानियलाई हस्तान्तरण गरीएको हो । भुकम्प पिडितहरुका लागि हाँस्य टेलिश्रृंखला मेरी बास्सै, भद्रगोल र सामाजिक सञ्जाल सगुन डटकमको सहकार्यमा ‘धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती’ तयार पारीएको हो ।
शहरी तथा मन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यतामा एक बिषेश कार्यक्रमको आयोजना गरि घर हस्तान्तरण गरिएको हो । कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बिशेष अतिथीको रुपमा उपस्थ्ति भएका थिए । धुर्मुस सुन्तलीले अनवरत रुपमा खटिएर पहरी बस्तीमा नमुना बस्ती निर्माण गरेका हुन् जुन नेपालमै एक नमुना बनेको छ । कार्यक्रममा उपस्थ्ति सबैले धुर्मुस सुन्तलीको मुक्तकण्ठले प्रशंसा गरे ।
‘कलाकारहरुका तर्फबाट भुकम्प पिडितका लागि भएका सहयोगी कामहरु मध्ये सबैभन्दा उत्कृष्ट काम यही नै हो’, हाँस्यकलाकार हरिवंश आचार्यले यस्तो प्रतिक्रिया दिए । त्यस्तै मदनकृष्ण श्रेष्ठले पनि धुर्मुस सुन्तलीले नेपालमै एक ठुलो काम गरेर देखाउँदा सम्पुर्ण कला क्षेत्रकै नाम राखेको र सबैले ठुलो पाठ सिक्नुपर्ने बताए । शहरी तथा बिकास मन्त्री डा। नारायण खड्काले कलाकार धुर्मुस र सुन्तली लगायतको टिमले सरकारले नै गर्न नसकेको एक उदाहरणीय काम गरेर देखाईदिएको बताएका थिए ।
कार्यक्रममा हाँस्यकलाकारहरु किरण केसी, शिबहरी पौडेल, मनोज गजुरेल, दिपाश्री निरौला, केदार घिमिरे, मनोज आचार्य, दिनेश डिसी, नवल खड्का, दिपाश्री निरौला, रामचन्द्र अधिकारी,पल्पसा डंगोल, मरिचमान श्रेष्ठ, राजु पौडेल, शंकर आचार्य, सुवास आचार्य, अर्जुन घिमिरे, कमलमणि नेपाल, मधुसुदन पाठक, सुरेश थापा, सागर लम्साल, हरी निरौला, गोपाल लामा लगायतको उपस्थिती रहेको थियो भने नायक आर्यन सिग्देल र गायक राजेश पायल राई पनि पहरी बस्तीमा पुगेका थिए ।
४ आना जग्गामा बनाईएको २० घरको लागि जम्मा ६७ लाख ३६ हजार ८ सय २६ रुपैया खर्चभएको बताईएको छ । जसमा ४७ लाख ६७ हजार १ सय ४० रुपैया सहयोगदाता हरुबाट उठेको थियो । प्रतिघर ३ लाख ३६ हजार ८ सय ४१ रुपैया खर्च भएको बताईएको छ ।
For More videos Log on to Mazzako TV















