सुन्दरीहरुले मनाए अन्तराष्ट्रिय युवा दिवस
मज्जाको अनलाईन, श्रावण २७ गते, बुधबार, काठमाण्डौं ।
‘अन्तराष्ट्रिय युवा दिवस २०१५’ को अबसरमा मिस यूथ नेपाल २०१५ ले राजधानीको बागवजार स्थित होटल हार्दिकमा एक अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । ‘समृद नेपाल निर्माणमा युवाको भुमिका’ नामक कार्यक्रममा मिस यूथ नेपालका प्रथम अडिसनबाट छनौट भएका सहभागी, चलचित्र निर्देशक, निर्माता, गायक, मोडल, व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी मिस युथ नेपालका प्रथम अडिसनबाट छनौटमा परेका सून्दरीहरुले ‘युवाको पक्षमा संविधान आवश्यक छ’, ‘आफ्नो नेपाल आफै वनाउ’, ‘यूवा एकता–आजको आवश्यक्ता’ आदि लेखेर फोटो सेसन गरेका थिय । मिस युथ नेपाल २०१५ को अर्को अडिसन यहि सनिवार हुने आयोजकले वताएको छ ।








