प्रर्दशनको संघारमा ‘वडा नम्बर ६’ को रिसुट, तर किन ? (फोटो र भिडियो सहित)
मज्जाको अनलाईन, साउन २४ गते, आईतबार, २०७२, काठमाण्डौं ।
प्रर्दशनको संघारमा पुगेर चलचित्र ‘वडा नम्बर ६’ को पुन: सुटिङ्ग थालिएको छ । शनिवार गोदावरी आसपासका गाँउहरुमा ‘वडा नम्बर ६’ को युनिट ‘एक्सन कट’ गर्दै गरेको भेटियो । ‘वडा नम्बर ६’ को टोलीमा निर्माता दिपकराज गिरी, निर्देशक उज्जवल घिमिरे सहित भेटिएका कलाकारहरु दयाहाङ्ग राई, विल्सन विक्रम राई, केदार घिमिरे ‘माग्ने बुढा ‘ लगायतले पुन: क्यामेरा अगाडी डाईलगवाजी गरिरहेका थिए ।
असोज १ गतेबाट सार्वजनिक प्रर्दशनमा आउदैछ भनि प्रचारप्रसार समेत थालिएको चलचित्रको किन फेरि ‘रि सुट’ थालिएको हो त ? मज्जाको अनलाईनको यो जिज्ञासामा चलचित्रका निर्माता तथा नायक दिपकराज गिरीले भने, ‘खासमा विदेशतिर चलचित्रको कुनै दृश्य आफुलाई मन परेन भने त्यस्को पुन सुटिङ्ग गर्ने चलन छ, त्यस्तै हामीलाई पनि चलचित्रका केही दृश्यहरुमा अझै डेफ्थ चाहिएको महसुस भएर नै पुन केही दृश्यहरु सुटिङ्ग गरेका हौं ।’ उनले थपे, ‘दर्शकहरुले तिरेको पैसाको पुर्ण रुपमा सदुपयोग होस भन्ने हामी चाहन्छौ, त्यसैले क्वलिटीमा सम्झौता त गर्न भएन नि, कि कसो ?’
उज्जवल घिमिरेले निर्देशन गरेको चलचित्र ‘वडा नम्बर ६’ को अझै दुई दिन जति ‘रि सुट’ गरिने पनि निर्माता तथा नायक गिरीले जानकारी गराए । भर्खरै पोष्टर रिलिज गरिएको चलचित्र ‘वडा नम्बर ६’ मा हास्यकलाकारहरुको बाहुल्यता रहेको छ । दिपक, दिपा र निर्मल शर्मा मिलेर बनाएको यस चलचित्रका दुई गीतहरु ‘वाईयात लभ स्टोरी’ र ‘सुर्के थैली’ले यतिबेला बजार तताईरहेका छन् । चलचित्रमा जितु नेपाल, सिताराम कट्टेल, प्रियंका कार्कीं लगायतको पनि अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस् ।
For More videos Log on to Mazzako TV




















