यसरी बन्दैछ ‘धुर्मुस सुन्तली एकीकृत नमुना बस्ती’ (फोटो फिचर)
मज्जाको अनलाईन, असार १९ गते, शनिवार, २०७२, काठमाण्डौं ।
बैशाख १२ गते नेपालमा महाभुकम्प जादाँ हाँस्य जोडी ‘धुर्मुस सुन्तली’ अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरे अमेरिकामा थिए । जब उनीहरुले नेपालमा भएको बिपदका बारेमा सुने, अमेरिकाका सम्पुर्ण कार्यक्रमहरु क्यान्सिल गरेर नेपाल फर्किए । नेपाल फर्किए लगत्तै उनीहरु भुकम्प प्रभावित विभिन्न जिल्लाहरुमा राहत वितरणका कार्यक्रममा लागे, सिन्धुपाल्चोकको पिपलडाँडा र नुवाकोटमा पुगेर चर्पी समेत बनाए । नेपाल सरकारको ‘सरसफाई दुत’ समेत घोषित भएका ‘धुर्मुस सन्तली’ले नुवाकोटको ओखरपौवामा भत्किएको विद्यालयको पुर्ननिर्माण गरे । सरकारले जेठ १७ गतेदेखि विद्यालय सञ्चालममा ल्याएपनि ‘धुर्मुस सुन्तली’ र उनको टिमले बनाएको विद्यालय भने जेठ ११ गतेदेखि नै सञ्चालनमा आउन सफल भएको थियो ।

‘धुर्मुस सुन्तली’सँगै ‘मेरी बाँस्सै’का अन्य कलाकारहरु, ‘भद्रागोल’ युनिट र ‘सगुन डटकम’ पनि यो अभियानमा साथ साथै छ । अहिले यही टोलीले ‘धुर्मुस सुन्तली एकीकृत नमुना बस्ती’ निर्माणमा आफ्नो समय खर्चिईरहेको छ ।
‘धुर्मुस र सुन्तली’ काभ्रेपलाञ्चोक जिल्लाको डाँडागाँउ पहरी बस्तीमा महिनौं दिन अघिदेखि सावेल, कुटो, कोदाले, आरी लागयत औजार चलाउनमा ब्यस्त छन् । उनीहरुको सपना छ, धुर्मुस सन्तली एकीर्कत बस्ती साच्चै नमुना बस्ती बनोस् । सपना साकार पार्न परिआए आफ्नै घर बेच्न पनि पछि नपर्ने धुर्मुस बताउछन् ।
‘भुकम्प पिडित पहिचान गरेर यत्रो काम थालिईसक्यो अब बीचमा छोड्ने कुरा पनि आएन’, धुर्मुसले भने, ‘जुनसुकै हालतमा पनि काम त सक्नै पर्यो नि बरु अपुग पैसा मेरो आफ्नै घर बेचेर हाल्छु ।’ ४५ लाखको लागतमा शुरु गरिएको भएपनि काम सम्पन्न गर्दासम्म लागत एक करोड पुग्ने धुर्मुसले बताएका छन् । ‘हिजो मेरो कलाकारीतालाई मन पराएर मलाई विभिन्न कार्यक्रममा बेलाएर मेरो घर निर्माण गरिदिने दर्शकलाई आज अप्ठ्यारो पर्दा मेरो घर बेचेर उहाँहरुको घर बनाँउनु मेरो कर्तब्य हो भन्ने मैले ठानेको छु’, धुर्मुसले यस्तो प्रतिक्रिया दिए ।
भुकम्प पिडितको सहयोगार्थ शुरुवातमा दाताहरुले साँढे आठ लाख दिएका थिए । त्यसपछि अरुसँग पनि हारगुहार गरेर सहयोगी हातहरुबाट सहयोग जुटाउदैं काम अगाडी बढिईरहेको उनी बताउछन् । उनको नमुना बस्तीमा सुविधासम्पन्न २० वटा घरहरु हुनेछन् । सितारामको भनाईलाई आधार मान्ने हो भने प्रत्येक घरमा एउटा धारो, एट्याच बाथरुप हुनेछ । त्यस्तै हरेक घरमा डिस होम र बायोग्यासको सुविधा पनि हुनेछ ।
अब करिब २० दिनमा कम्प्लिट हुने उनको यो नमुना बस्तीका घरहरु पुर्णत भुकम्प प्रतिरोधी छन् । घरको जगको लागि तीन फिट खनिएको छ, तलबाट डिपीसी गरेर ढुंगाको गारो उठाएर सिमेन्ट पाल्टर गरिएको छ । भित्ताहरु फाईबर सिमेन्टको हुने यि घरहरुका छानोहरु कलरफुल जस्ताले सिंगारिनेछन् ।
उनको नमुना बस्ती अवलोकन गर्न केही दिन अघि चर्चित हाँस्यकलाकारहरु काभ्रेपलाञ्चोक जिल्लाको डाँडागाँउ पहरी बस्तीमा पुगेका थिए । हाँस्यकलाकारहरु त्यहाँ पुग्दा धुर्मुस निकै खुशी देखिए तर धुर्मुसलाई देखेर भने हाँस्यकलाकारहरु छक्क परे । घामले डढेर निकै कालो भएका धुर्मुसको कामको सबैले प्रशंसा गरे अनि स्याबासी दिए । मज्जाको अनलाईनको तर्फबाट पनि धुर्मुस सुन्तलीलाई यो प्रशंसनीय कामको लागि शुभकामना ।
For More videos Log on to Mazzako TV
















