‘मुन्द्रे’को स्कुलमा ‘माग्ने बुढा’को सहयोग (फोटो फिचर)
मज्जाको अनलाईन, असार १५ गते, मंगलबार, २०७२, सिन्धुपाल्चोक ।
‘जिरे खुर्सानी’मा सधै एस. एल. सी. पास गरेको भनेर फुई लगाउने ‘मुन्द्रे’ अर्थात जितु नेपालले साच्चिकै एस. एल. सी. पास गरेको स्कुलमा ‘माग्ने बुढा’को टोलीले सहयोग गरेको छ । टेलिभिजन कलाकार्मी मञ्चको संयोजनमा केदार घिमिरे माग्ने बुढाको पहलमा भुटनीज कम्युनिटी अफ सिन्सिन्याटी, अमेरिकाको तर्फबाट पाँच थान कम्प्युटर सेट र एक थान प्रिन्टर स्कुललाई उपलब्ध गराईएको हो ।
मुन्द्रेले एस. एल. सी. पास गरेको उनको गाँउ कोठे स्थित जालपा उच्च माध्यमिक विद्यालयका प्रधानाध्यपक श्री नील प्रसाद सुवेदीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको हो । सोमबार कोठे स्थित स्कुलकै प्राङ्गगणमा आयोजना गरिएको विशेष कार्यक्रममा माग्ने बुढा र मुन्द्रेसँगै टेलिभिनज कलाकर्मी मञ्चकी अध्यक्ष दिपाश्री निरौला, तितो सत्यका निर्देशक तथा कलाकार दिपकराज गिरी, लोक गायक रामजी खाँड, ‘जिरे खुर्सानी’का कलाकार निरज नेपाल लगायत केदार घिमिरे ‘माग्ने बुढा’ र जितु नेपाल ‘मुन्द्रे’ले पनि ले विभिन्न प्रस्तुती मार्फत उपस्थित सबैलाई हसाँए अनि नचाए ।
कम्प्युटर जिम्मा लिदै विद्यालयका प्रधानाध्यपकले जितु नेपाल र उनको टिमलाई धन्यवाद ज्ञापन गरे । राष्ट्रिय स्तरमा पुगेका कलाकार तथा पत्रकारले आफ्नो ठाँउको संझना गर्दै विपदको बेला सहयोगी पाईलाहरु चाल्नु आफैमा सरहानिय रहेको उनले प्रतिक्रिया दिए । त्यस्तै टेलिभिजन कलाकर्मी मञ्च अध्यक्ष दिपाश्रीले भनिन् ,’जिुत मेरो संघर्षको बेलादेखिको भाई हो, आज भाईको स्कुलमा आएर साक्षात्कार गर्न पाउदाँ निकै खुशी लाग्यो, अब सबैले भुकम्पको पिडालाई बिर्सदैं अगाडी बड्ने बेला आएको छ ।’ सिन्धुपाल्चोक पाङ्ग्रेटार कोठेमा रहेको जालपा उच्च माध्यमिक विद्यालयको अधिकांश भवन बैशाख १२ गतेको महाभुकम्पले ध्वस्त बनाएको थियो ।
For More videos Log on to Mazzako TV



















