भुकम्प पिडित कलाकारलाई टेलिभिजन कलाकर्मी मञ्चको यस्तो सहयोग (फोटोे फिचर)
मज्जाको अनलाईन, असार १३ गते, आईतबार, २०७२, काठमाण्डौं ।
टेलिभिजन कलाकर्मी मञ्चको आयोजनामा आज राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरि भुकम्प बाट प्रभावित भएका केही कलाकारहरुलाई सहयोग गरिएको छ । ‘टेलिभिजन कलाकर्मी मञ्चले भुकम्प पिडितको सहयोगका लागि कार्यक्रमको समन्वय गर्न पाँउदा निकै खुशी लगेको छ’, मञ्च अध्यक्ष दिपाश्री निरौलाले भनिन्, ‘यो ठुलो सहयोग त होईन तर जति भएपनि पिडितको दुखेको घाँउमा थोरै भएपनि मलम लगाउने प्रयास हो ।’
टेलिभिजन कलाकर्मी मञ्चले आयोजन गरेको राहत वितरण कार्यक्रममा टेलिभिजनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा काम गरिरहेका कलाकार, सम्पादक तथा मेकअपम्यानहरुलाई सहयोग गरिएको हो । सहयोग पाउनेमा कुमार श्रेष्ठ ‘फसिलाल’, रुपक रम्तेल, मरिचमान श्रेष्ठ ‘बल्छी धु्रवे’, ठाकुर खतिवडा, रविन भट्ट, राधा श्रेष्ठ, सचित खड्का,रेश्मा तिम्सिना, सन्देश लामिछाने ‘बटारे’,यादव सिपाडोले, राजन थापा, गणेश खड्का, बाबुराम बोहोरा, मनोज आचार्य, रविन्द्र खड्का, अजु डंगोल लगायत छन् । कलाकार अनुराग मान सिंह कुवरले सबै जनालाई दश दश हजार रुपैयाँ सहयोग गरे । प्रभावित कलाकारहरुलाई सहयोग गर्न पाउदाँ आफुलाई निकै खुशी लागेको कलाकार कुँवरले बताए ।
त्यस्तै एल. जी. ग्रुप हङ्गकङ्गका तर्फबाट एक जनालाई एक बन्डल जस्ता पाता बाडियो भने बाँकी सबैलाई सोही बराबरको नगद छ हजार पाँच सय प्रदान गरियो । त्यस्तै भुटनिज कम्युनिटी अफ सिनसिन्याटीको तर्फबाट नेपाल प्रतिनिधी हाँस्यब्यंग्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले काभ्रेपलाञ्चोकको श्री रत्नचुडेश्वर मावि टुकुचालाई एक लाख एक हजार नगद प्रदान गरे । स्कुलका तर्फबाट प्रधानाध्यपक सुरेन्द्र गिरीलाई सो रकम हस्तान्तरण गरियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिभिजनमा अध्यक्ष तथा बरिष्ठ कलाकार नीर शाहले टेलिभिजन कलाकर्मी मञ्चको यो काम प्रशंसनिय रहेको बताए, साथै दाताहरुलाई पनि धन्यवाद ज्ञापन गरे । चाडै विशेष सम्मान कार्यक्रम गर्न लागेको टेलिभिजन कलाकर्मी मञ्चले अगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई प्रथम प्राथमिकतामा राख्ने बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद थापाले जानकारी गराए ।
For More videos Log on to Mazzako TV




















