कलाकारले फर्काए चोगाँउको खुशी (फोटो फिचर)
मज्जाको अनलाईन, असार ८ गते मंगलबार, २०७२, काठमाण्डौं ।
हराएको खुशी फर्काउने अभियान, आँसु र पिडालाई बिर्सिएर मुस्कुराउन सिकाउने अनि डर र त्रासबाट अब शान्ति र प्रगतीतर्फ उन्मुख गराउने अभियान । अभिनेत्री करिश्मा मानन्धरको सह-संयोजनमा नेपाली कलाकारको ‘जम्बो टोली’ले सफल बनाएरै छाडेको यो अभियान । भारतको परम शक्तिपीठसँगको समन्वयमा अधिष्ठात्री परम्पुज्या दिदी माँ साध्वी ऋतंभराको आर्शिवादले सफल भएको यो अभियान, जहाँ भुकम्पबाट प्रभावित भई घर गुमाएका केही परिवारले पुन: आवास पाएका छन् ।
सुचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा भारतको परम शक्तिपीठले धर्मस्थली नगरपालीकामा पर्ने चोगाँउमा निर्माण गरेको ५० वटा अस्थायी घरहरु आज हस्तान्तरण गरिएको छ । बाँकी रहेका २५ वटा अस्थायी घर एक साता भित्र निर्माण गरेर भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण गरिनेछ । ‘वात्सल्य कुटी’ नाम राखिएका ति घरहरु हस्तान्तरणका लगि नै भनेर साध्वी ऋतंभरा भारतबाट काठमाण्डौं ओर्लिएर सिधै चोगाँउ पुगेकी थिईन । चोगाँउ पुगेर उनले प्रेरणामुलक प्रवचन दिईरहदाँ उपस्थ्ति सबैले उनको मुक्तकण्ठले प्रशंसा गरे ।
चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई सहित पुगेको कलाकारको ‘जम्बो टोली’ले उपस्थ्ति दर्शकलाई हाँस्यब्यंग्य र गीत सुनाएर मनोरञ्जन प्रदान गरेको थियो । कोमल वलीले गीत गाएर सबैलाई झुमाईन भने दिपकराज गिरी, केदा घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’ले सबैलाई पेट मिची मिची हसाँए ।
कार्यक्रममा अस्थायी घर निर्माण समितिमा रहेका सदस्यहरु विनोद मानन्धर, आकाश अधिकारी, झरना थापा, दीपाश्री निरौला, प्रकाश सुवेदी, बाबुराम दाहाल सहित सरोज खनाल, बसुन्धरा भूषाल, गौरी मल्ल, रमेश उप्रेती, दीलिप रायमाझी, शिवहरी पौडेल, सुनिल कुमार थापा, सुर्दशन थापा, पुजा शर्मालगायत सहभागी थिए । चोगाँउ पुगेका कलाकार अनुराग मान सिंह कुवरले भने चोगाँउमा स्कुल बनाउन आफुले आथिक सहयोग गर्ने प्रतिबद्वता समेत ब्यक्त गरेका छन् ।
For More videos Log on to Mazzako TV






















