‘हिम्मतवाली’ नायक सुर्दशन गौतमलाई चलचित्र पत्रकार संघको १५ दिने अल्टिमेटम
मज्जाको अनलाईन, असार ६ गते, आईतबार, २०७२, काठमाण्डौं ।
नेपाल चलचित्र पत्रकार संघले हिम्मतवाली चलचित्रका नायक सुर्दशन गौतमलाई १५ दिने अल्टिमेटम दिएको छ । पत्रकार संघका सदस्य समेत रहेका रंगपत्रकार श्यामसुन्दर गिरीलाई समाचार लेखेकै भरमा हाल अमेरीकामा रहेका सुदर्शनले फोन मार्फत ज्यान मार्ने सम्मको धम्की दिएकोप्रति संघको गम्भिर ध्यानाकर्षण भएको पत्रकार संघले जारी गरेको प्रेस रिलिजमा उल्लेख गरिएको छ । चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा आज राजधानीमा बसेको बैठकले यो निर्णय गरेको हो ।
आफुलाई चित्त नबुझेमा कानुनि प्रकृया हुदाँहुदै गौतमले कानुनकै उल्लङ्गन गरेको भन्दै संघले उनलाई माफी माग्न १५ दीने अल्टीमेटम दिएको हो । । ‘भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’ शिर्षकमा फिल्मीबजार डट कम मा प्रकाशित गरिएको गसीप समाचारकै आधार मानेर सुदर्शन गौतम ले पत्रकार गीरीलाई मारेर फाल्ने भनी अश्लिल शब्द वोल्दै धम्की दिएका थिए । केही दिन अघि पत्रकार गिरी र कलाकार गौतमबीचको टेलिफोन संवाद युट्युबमा पनि सार्वजनिक भईसकेको छ ।
संघले दिएको १५ दिने अल्टीमेटम भित्र सुर्दशनले आफ्ना शब्द फिर्ता लिई माफी नमागेमा उनलाई वहिस्कार सम्म गर्न सकिने छ भनि लेखिएको छ साथै यथासिघ्र माफि मागी प्रेसको मर्यादा राख्न र पत्रकार माथीको सम्मान कायम गर्न गौतमलाई संघले आग्रह समेत गरेको छ ।
रंग पत्रकार श्यामसुन्दर गिरी र कलाकार सुर्दशन गौतम बीचको टेलिफोन सम्वाद ।
For More videos Log on to Mazzako TV









