राजेशले उद्घाटन गरे ६० लाखको स्टुडियो
मज्जाको अनलाईन, असार ५ गते, शनिवार, २०७२, काठमाण्डौं ।
गायक राजेश पायल राईले शुक्रबार नयाँ स्टुडियो उद्घाटन गरेका छन् । स्टुडियोको नाम ‘एकोस्टिक रेकर्डिङ्ग स्टुडियो’ राखिएको छ । संगीतकार सचिन सिंह, हरि लम्साल, एरेञ्जर महाराज थापा, राजन इशान र प्रकाश मिश्रले मिलेर सञ्चालनमा ल्याएको स्टुडियोमा गायक राईले गीत रेकर्ड गराएर उद्घाटन गरे ।

काठमाण्डौंको नक्सालमा शुक्रबारबाट सञ्चालनमा आएको रेकर्डिङ्ग स्टुडियोमा गायक राईले हरि लम्सालको संगीत, भाग्य न्यौपानेको शब्दमा रहेको ‘बोलाउन बाबा बोलाउन आमा’ बोलको गतिमा आवाज दिएका हुन् । आजबाट सञ्चालनमा आएको ‘एकोस्टिक रेकर्डिङ्ग स्टुडियो’लाई गायक राईले सफल्ताको शुभकामना समेत दिएका छन् ।









