नेता भर्सेस कलाकार : प्रधानमन्त्रीले देखाए कमाल, उपस्थित भएनन् राजेश हमाल
मज्जाको अनलाईन, जेठ २३ गते २०७२, शनिबार, काठमाण्डौं ।
राजधानीको ३२ डिग्रीको तापक्रमको वास्ता नगरिकनै करिब आधा घण्टा मैदानमा फुटबलसँग घरि यता दौडिए घरि उता दौडिए, लडे फेरि उठे, झण्डै झण्डै गोल समेत गर्न खोजे प्रधानमन्त्री शुशील कोईरालाले । दिउसो करिब तीन बजेदेखि शुरु भएको नेता भर्सेस कलाकार फुटबलमा निकै रमाईलो दृश्य देखियो ।
सबैले सोचेका थिए, प्रधानमन्त्रीको स्वास्थ्य कमजोर छ ,के फुटबल खेल्लान र ? तर करिब आधा घण्टा सम्म मैदानमा टिकेर कोईरालाले सबैलाई आश्चर्य चकित नै पारे । कार्यक्रमको उद्घाट्न गर्न सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकको खेलमैदानमा पुगेका राष्ट्रपति रामवरण यादवले पनि निकै चाख मानेर खेललाई अवलोकन गरे ।
कलाकार र नेताहरुबीचको यो रोमान्चक खेलमा पुष्पकमल दाहाल प्रचण्ड खेल मैदानमा छिरेको दुई मिनेट वित्न नपाउदै एक पटक लडिसकेका थिए । उनी लगायत बाबुराम भट्टराई, एमाले नेताहरु केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, विजयकुमार गच्छदार, मोहन वैद्य लगायतले भने शुशील कोईरालाले झै मैदानमा धेरैबेर भकुण्डो गुडाउन सकेनन् ।
तर, यता प्रधानमन्त्री कोईरालाई भने अब बस्नुस् भनि मैदान बाहिरबाट बोलाउदा पनि निश्कन मानेनन्, बरु निकै उत्साहित हुदै गोल गर्ने ध्याउन्नेमा लागिरहे । तर गोल गर्न भने सकेनन् । त्यस्तै सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, बर्षामान पुन लगायतले भने निकै सानदार खेल प्रर्दशन गर्न सफल भए ।
क्लाकारका तर्फबाट पहिलो हाफमा कलाकार तथा क्यामेरामेन मनराज श्रेष्ठ ‘गुर्जुधारा’ले एक गोल गरि खाता खोले भने दोस्रो हाफमा रोशन श्रेष्ठ र नविन केसीले एक एक गोलको योगदान दिई कलाकारहरु तीन शुन्यको नतिजाले बिजयी भए ।
नयाँ पत्रिका दैनिकले भुकम्प पिडितको सहयोगार्थ आयोजना गरेको नेता र कलाकारबीचको मैत्रीपुर्ण खेलमा नेपाली राजनिति वृत्तका नयाँ देखि पुराना अधिकांश केन्द्रिय स्तरका नेताहरुको उपस्थिती देखियो ।
यता कलाकारहरुका तर्फबाट पनि नेपाली चलचित्र, संगीत र नाट्य क्षेत्रका विभिन्न ब्यक्तित्वहरुको उपस्थ्ति देखियो तर महानायक राजेश हमाल भने उपस्थित भएनन् । महानायक हमाललाई पनि बोलाईएको भएपनि उनले फुटबल खेल्न इच्छा देखाएनन र मैदानमा देखा समेत परेनन् । कलाकारहरुको टिमको नेतृत्व मह जोडीले गरे भने नेताहरुको टिम क्याप्टेन स्वयं प्रधानमन्त्री कोईराला थिए ।
कलाकारहरुको टिममा जम्मा १०० जनाले पालै पालो मैदानमा पसे । नव नियुक्त विकास वोर्ड अध्यक्ष राजकुमार राई, महजोडी, करिश्मा मानन्धर, कृष्ण मल्ल, शिव श्रेष्ठ, धिरेन शाक्य निखिल उप्रेती, झरना थापा, दिपकराज गिरी, दीपाश्री निरौला, आकाश अधिकारी, दिनेश डिसी, सुदर्शन थापा, निश्चल बस्नेत सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कोमल वली, शंकर विसी, पूजा शर्मा, सलोन बस्नेत लगायत कलाकारले भकुण्डो गुडाए।
For More videos Log on to Mazzako TV























