सुत्केरी र गर्भवतीलाई बाडियो बिषेश टेन्ट
मज्जाको अनलाईन, जेठ १८ गते, सोमबार, २०७२, काठमाण्डौं ।
आकाश अधिकारीको सामाजिक संस्था ‘आशाको ज्योती नेपाल’ मार्फत भुकम्प पिडितहरुका लागि ‘पोस्सिवल फिल्म प्रोडक्सन साङ्घाई’ चाइनाबाट सहयोग स्वरुप आएको टेन्ट र ब्ल्यांकेट बाडिएको छ । सुत्केरी र गर्भवती महिलाहरुलाई प्रथम प्रथमिकतामा राखेर टेन्ट बाढिएको हो ।
६ महिना पुगेका गर्भवती र बच्चा जन्मेको तीन महिना भएकाहरु सुत्केरीहरुलाई १२*१४ को बिशेष टेन्ट साथमा ब्ल्यांकेट र भुईमा ओछ्याउने म्याट पनि प्रदान गरिएको हो । प्रभावकारी रुपमा प्रभावितहरुसमक्ष यि सामाग्रीहरु पुगोस् भन्ने हेतुले गठन गरिएको समितिले सोमबार यि समाग्रीहरु गर्भवती र सुत्केरी परिवारका सदस्यहरुलाई बाडेको हो ।
१ सय २२ थान टेन्ड मध्ये ५७ वटा टेन्ट गर्भवती र सुत्केरीहरुका लगि बाडिएको हो भने बाँकी टेन्ट धादिङ्गको क्षेत्र नम्बर १ को स्कुल र स्वस्थ्य शिविरको लागि पठाउन पत्रकार ऋषि धमलालार्इृ हस्तान्तरण गरियो ।
For More videos Log on to Mazzako TV














