‘६ एकान ६…., फेरि आँउदैछ’
मज्जाको अनलाईन, जेठ १४ गते विहिबार, २०७२, काठमाण्डौं ।
सुपरहिट चलचित्र ‘६ एकान ६’ भोलीबाट पुन देशब्यापी प्रर्दशनमा आउदैछ । यसअघि ब्यबसायिक प्रर्दशनबाट निकै राम्रो ब्यापार गर्न सफल यस चलचित्रलाई यसपटक भने विशुद्व रुपमा सामाजिक भावले प्रर्दशन गर्न लागिएको हो । चलचित्रको ब्यापारबाट उठेको पैसा एक सुक्का पनि आफुहरुले नलिाईकन भुकम्प पिडितका लागि सबै जाने निर्माता दिपकराज गिरीले जानकारी गराएका छन् ।

चलचित्र आफैमा कमेडी भएकाले निराश मनहरुलाई केहीबेर भएपनि पिडा भुलेर खुशी बाड्न सफल हुने ठानेर चलचित्र पुन: रिलिज गर्न लागिएको दिपकले बताएका छन् । उनले भने, ‘नयाँ नेपाली चलचित्र रिलिज गर्नु अहिले निकै ठुलो जोखिम हुन सक्छ, त्यही भएर पनि चलचित्रको माहोल बनाउन पुन ६ एकान ६ रिलिज गर्न लागिएको हो ।’ उनको बुझाईमा यसले आगामी नयाँ चलचित्रहरुलाई पनि फाईदा पुग्छ ।
यता चलचित्रको पुन प्रर्दशनलाई चलचित्रकी अर्की निर्मात्री दिपाश्री निरौला ‘खुशी सँगै सेवा बाड्ने अवसर’को रुपमा लिएकी छिन् । ‘फिल्मको रिलिजबाट उठेको पैसाले भुकम्प पिडितको लागि घर निर्माण गर्नेछौं’, उनी भन्छिन्, ‘जे जति रकम उठ्छ एक पैसा पनि खर्च नगरिकन सिधै प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नेछौं ।’ उनका अनुसार भुकम्पबाट क्षति नपुगेका हलहरुमा चलचित्रको प्रर्दशन गरिनेछ ।
दिनेश डिसीले निर्देशन गरेको चलचित्र ‘६ एकान ६’ लाई दिपक दिपा र निर्मल शर्मा गैडाले मिलेर बनाएका हुन् । चलचित्रमा दिपकका अलावा जितु नेपाल मुन्द्रे, केदार घिमिरे माग्ने बुढा, शिवहरी पौडेल, सिताराम कट्टेल धुर्मुस, निता ढुंगाना, सन्दिप क्षेत्री, राजबल्लभ कोईराला लगायतको अभिनय हेर्न पाईन्छ ।
यही निर्माण युनिटले बनाएको चलचित्र ‘वडा नम्बर ६’ भने असोज १ गतेबाट सार्वजनिक प्रर्दशनमा आउदैछ ।
For more videos log on to Mazzako Tv
For More videos Log on to Mazzako TV







